Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रतिलिपि अधिकारमा चलचित्र पत्रकारको अन्तरक्रिया

फिल्मीखबर, काठमाण्डौ, 2014/04/20

नव निर्वाचित चलचित्र पत्रकार संघको कार्यसमितिले पहिलो कार्यक्रमको आयोजना गरेको छ । नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयको सहकार्यमा चलचित्र संघले ‘प्रतिलिपि अधिकार संरक्षणमा चलचित्र पत्रकारको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गर्यो ।

 

 

कार्यक्रममा चलचित्र संघका उपाध्यक्ष विष्णु सुवेदीले उक्त विषयमाथि रहेर अवधारण पत्र प्रस्तुत गरे । उपाध्यक्ष सुवेदीले आफूले तयार पारेको अवधारणा मार्फत क्षणिक फाइदाका लागि सर्जकले नै पाईरेसीमा प्रोत्साहन गरेको बताए । यस्तै पाईरेसीमा पक्राउ पर्नेहरूलाई मिलेमतोमा छोड्ने गरेको प्रसङ्ग निकाल्दै उनले यस किसिमको कार्यले पाईरेसी गर्नेहरू अझ सक्रिय देखिएको धारणा राखे ।

 

त्यस्तै रजिष्ट्रार कार्यालयका विसु कुमार केसीले प्रतिलिपि अधिकार, प्रतिलिपि अधिकारीको स्वरुप, प्रतिलिपि अधिकार क्षेत्र, आर्थिक अधिकार, नैतिक अधिकारहरु, प्रतिलिपि अधिकार ऐनमा चलचित्र सम्बन्धी प्रावधान, प्रतिलिपि अधिकारको न्यूनतम संरक्षण र अवधि, प्रतिलिपि अधिकारको व्यवस्थापन, कार्यान्वयन र कानुनी उपचार, दण्ड सजाय, मुद्धाको कारबाही र किनारा लगातयका विषयमा जानकारी गराए ।

 

झन्डै तीन घण्टा चलेको अन्तरक्रियामा अनलाइन, टेलिभिजन तथा पत्रपत्रिकामा आवद्ध फिल्म पत्रकारहरूको सहभागिता रहेको थियो । ‘प्रतिलिपि अधिकार संरक्षणमा चलचित्र पत्रकारको भूमिका’ विषयक अन्तरक्रियाले फिल्म पत्रकारलाई यस क्षेत्रमा रहेर रिर्पोटिङ गर्न सहयोग पुर्याउने पत्रकार संघका अध्यक्ष शान्तिप्रियले बताए ।