Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

गरिमा, सुमिना र दिक्पालको `रंग बैजनी`

फिल्मीखबर, काठमाण्डौ, 2014/04/20

१२ वर्षको अन्तरालपछि फिल्म निर्देशनमा फर्किएका शम्भू प्रधानको फिल्मा ‘रङ वैजनी’ का मुख्य कलाकार फाइनल भएका छन् । गरिमा पन्त, सुमिना घिमिरे र दिक्पाल कार्की ‘रङ वैजनी’ का मुख्य कलाकार हुन् ।

 

 

मोडल कार्कीले यसै फिल्मबाट नायक भएर पहिलो पटक अभिनय गर्दैछन् । दिक्पालसँगै ‘रङ वैजनी’बाट छायाँकार सशांक प्रधान र संगीतकार दिप प्रधानले डेव्यु गर्दै छन् । सशांक शम्भूका आफ्नै छोरा हुन् भने दिप बलिउडका बरिष्ठ छायांकार विनोद प्रधानका छोरा हुन् ।

 

नुतन प्रधानको कथा र संवाद रहने ‘रंग बैजनी’ले मानिसको जीवनका रंगहरुलाई प्रस्तुत गर्नेछ । निर्देशक प्रधान भन्छन्, 'मानिसका बिभिन्न रंग हुन्छन् । जब हरेक प्रकारका रंग मिसिन्छ तब त्यो बैजनी हुन्छ । फिल्मले पनि यहि बिषयलाई उठान गरेको छ ।'
 

फिल्मको सुटिङ यसै साताबाट सुरु हुनेछ । फिल्मका लगानीकर्ता निर्देशक स्वयम् हुन् । फिल्मको बजेट तीस लाख अनुमान गरिएको छ । करिब ९० प्रतिशत सुटिङ काठमाण्डौको नुतन स्टुडियोमा गरिने र दश प्रतिशत काठमाण्डौ उपत्यकामा गर्ने निर्देशक तथा निर्माता प्रधानले बताए ।