हरेक समाज, वस्ती तथा घरमा आफूलाई राजा ठान्नेहरू धेरै भेटिन्छन् । त्यहि समाजभित्र आफूलाई राजा ठान्ने एक पात्रको वरिपरि घुमेको फिल्म 'श्री ५ अम्बरे'को सुटिङ सकिएको छ । २५ औं दिनमा आज शनिबार फिल्मको प्याकअप गरिएको निर्देशक दीपा बस्नेतले जानकारी गराईन् ।
फिल्मको शिर्ष भूमिका अर्थात अम्बरेको भूमिकामा सौगात मल्ल छन् । सौगातलाई अभिनेत्री केकी अधिकारीले साथ दिएकी छिन् । यस्तै फिल्ममा प्रियंका कार्की, बिक्रम सिंह, मतिन खान, रिया श्रेष्ठ, निरू खड्का, यम बुद्ध, राज गदाईली सहित बालकलाकार अविरल अधिकारी, सफोला भट्टराई र अम्मर लामाको पनि अभिनय हेर्न सकिन्छ ।
सामाजिक बिषयबस्तुमा बनेको यो फिल्मको सुटिङ काठमाण्डौ उपत्यका आसपासमा नै गरिएको हो । जीवनसाथी फिल्म्सको व्यानरमा निर्माण गरिएको यो फिल्मको कथा लेखन अभिमन्यू निरवीको हो भने गणेश कुमार श्रेष्ठले खिचेका हुन् ।
फिल्ममा संगीत बसन्त सापकोटा, काली प्रसाद बाँस्कोटा, बावु बोगटी र यमवुद्धले दिएका छन् भने द्धन्दनिर्देशन योगेन्द्र श्रेष्ठको रहेको छ । भाद्रमा रिलिज गर्ने योजना बनाउँदै फिल्मको सम्पादन शुरू गरिसकेको निर्माता जीवनसाथी बस्नेतले जानकारी गराए ।


(2).jpg)

.jpg)
.jpg)

