
अभिनेता आर्यन सिग्देल र नव अभिनेत्री शिल्पा पोखरेलको प्रेमकथालाई प्रस्तुत गरिएको फिल्म 'लज्जा'को सुटिङ सकिएको छ । ३८ औं दिनमा आज शनिबार फिल्मको सुटिङ सकिएको निर्माता छबिराज ओझाले जानकारी गराए ।

फिल्म 'मोक्ष'का अभिनेता कोशिस क्षेत्रीलाई पितृशोक परेको छ । अभिनेता क्षेत्रीका बाबु ज्ञानबिर क्षेत्रीको ५४ बर्षको उमेरमा शनिबार हृदयघातका कारण मृत्य भएको हो । ज्ञानबिरको धार्मिक संस्कार अनुसार शनिबारनै हेटौंडाको राप्ती तटमा दाहसंस्कार गरियो ।

विल्सनसँगै उनले लगाएको चस्माको त्यो बेला चर्चा भयो जुनबेला फिल्म 'रिदम' प्रदर्शनमा आयो । चस्माको पनि चर्चा ! विल्सनले लगाउने चस्मा फरक थियो । त्यसैले चर्चा हुन्थ्यो । के फरक थियो ? विल्सनले लगाउने चस्माको ग्लास थिएन, फ्रेम मात्रै थियो । त्यसैले विल्सनले लगाउने चस्माको चर्चा हुन्थ्यो ।

'इतिहास मेटिएर नै लेखिन्छ । हाँस्य कलाकारको फिल्म चल्दैन भन्ने इतिहास मेटिएर आज चल्छ भन्ने इतिहास नेपाली फिल्म क्षेत्रमा लेखिएको छ', ‘छ एकान छ’ को सुरुवाती हाउसफुल भएको खुसियालीमा निर्माता दीपाश्री निरौलाले साहित्यिक पाराले भनिन् ।

निर्देशक प्रविन श्रेष्ठका अनुसार ‘मोक्ष’ मा समावेश ‘खुला आकाशमा’ गीत गाउने उत्कृष्ट एकले फिल्म युनिटसँग डिनर र फिल्म हेर्ने अवसर प्राप्त गर्नेछ । यो सुनौलो अवसरका लागी ‘खुला आकाशमा’ आफुले गाएको गीतको अडियो तथा भिडियो निर्देशक प्रविन श्रेष्ठ या फिल्मीखबर डटकमको फेसबुक ईनवस्कमा पठाउन सकिनेछ । प्राप्त अडियो तथा भिडियो मध्येबाट उत्कृष्ट चयन गरिनेछ ।

अभिनयमा कमजोर भएरै होला छवि क्याम्पकी हिरोइन रजनी हाल अभिनयको ‘वर्कसप’ मा व्यस्त छिन् । दुई सातादेखि सुरु भएको रजनीको अभिनयको ‘वर्कसप’ तीन महिनासम्म चल्नेछ । अनामनगरस्थित मण्डला नाटकघरमा रजनी हरेक बिहान ३ घण्टा राजन खतिवडा र दयाहाङ राईसँग अभिनयको कक्षा लिने गर्छिन् ।

