मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`आश`बाट फर्किए अनमोल केसी

फिल्मीखबर, काठमाण्डौ, 2014/04/21

अभिनेता भुवन केसीका पुत्र अनमोल केसी फिल्म अभिनयमा फर्किएका छन् । विगत केही सातादेखि अनमोल ‘होस्टेल’ निर्देशक हेमराज विसीले निर्देशन गरिरहेको ‘आश’ नामक फिल्मको सुटिङमा व्यस्त छन् ।

 

निर्देशक विसीले फिल्मको नाम परिवर्तन हुने सक्ने बताए । पूर्ण प्रेमकथा भनिएको फिल्ममा अनमोलसँगै अन्नपूर्ण शर्मा र अमालिया शर्माको मुख्य भूमिका छ । अन्नपूर्ण र अमालिया दुवै मिस नेपालमा सहभागी हुने प्रतिस्पर्धीलाई प्रशिक्षण दिने रचना गुरुङका छोरी हुन् । यीसँगै फिल्ममा बाँकी सबै नयाँ कलाकारको अभिनय छ ।

 

फिल्मको पचास प्रतिशत सुटिङ सकाएर युनिट काठमाण्डौबाट वैशाख ८ गते पोखरा तर्फ जाँदैछ । पोखरा र जोमसोम गरी फिल्मलाई पन्ध्र दिन छायाँकन गरिनेछ । ‘ट्रेलरसँगै फिल्म बजारमा आउँछौ,’ निर्देशकले भने, ‘ट्रेलर लञ्च गर्न दुइ महिना लाग्न सक्छ ।’ फिल्ममा सम्राट गौचनको लगानी छ । फिल्मका पटकथाकार निर्माता गौचन नै हुन् ।