मिति : २०८१ वैशाख ११, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 2.33/5.00)
Text size:-
+
-

रिसेप्सन पार्टीमै आर्यनको `हनिमुन` (फोटो फिचरसहित)

फिल्मीखबर, काठमाण्डौ, 2014/04/21

पर्दामा रोमान्टिक देखिने अभिनेता आर्यन सिग्देल बिबाह पश्चातको रिसेप्सन पार्टीमा पनि निकै रोमान्टिक देखिए । गत शनिबार प्रेमिका सपना भण्डारीसँग बिबाह गरेका आर्यनले हिजो आइतवार आयोजना गरिएको बिहे भोजमा नै 'हनिमुन'को झल्को दिए ।


पत्रकारको क्यामेरा तेर्सिएपछि बिभिन्न पोज दिंदै फोटो खिचिरहेको बेला अचानक आर्यन रोमान्टिक बन्न पुगे । फिल्मी स्टाईलमा उनले बिस्तारै सपनालाई आफ्नो बाहुमा कस्न थाले । आफूलाई रोक्न सकेनन् र समारोहमा सबैका सामु सपनालाई किस गर्न थाले । सपना थोरै लजाईन् तर आर्यनलाई साथ भने दिईन् ।

 

केहिबेरको रोमान्टिक फोटो सेसन पश्चात आर्यन र सपना डान्स तिर मोडिए । उपस्थित साथीहरूमाझ आर्यन र सपना खुलेर नाचे । यस्तो लाग्थ्यो उक्त समारोह रिसेप्सन पार्टी नभएर कुनै फिल्मको सुटिङ चलिरहेको थियो । सयौं दर्शकमाझ आर्यन र सपना मुख्य नायक नायिका थिए ।

 

आर्यन र सपनालाई सफल दाम्पत्य जीवनको शुभकामना दिन उनीहरूका आफन्तसहित सिमित फिल्मकर्मी र सञ्चारकर्मीहरू उपस्थित थिए ।

 

 

 

 

 

 

 

 

 

तस्विर : बिनोद पोखरेल