Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 18175 - 18180 of 23741
फिल्मीखबर, काठमाण्डौ, 2014-01-14, मंगलवार

फिल्म चल्नु मात्रै पर्छ, नेपाली निर्माताको गफ सुन्न समय नै छुट्याउनु पर्छ । फिल्मको व्यापार भयंकरै भयो भन्न उनीहरु पछि पर्दैनन् । तर, फिल्मको वास्तविक कमाई कति भयो ? यसको हिसाब सार्वजनिक गर्न भने उनीहरु डराउँछन् ।

फिल्मीखबर, काठमाण्डौ, 2014-01-14, मंगलवार

नेपाली फिल्म बजार पनि गजबको छ । कहिले देशभरका हलमा फिल्म चलाउन तछाड मछाड हुन्छ भने कहिले हलमा फिल्मको खडेरी नै पर्छ । सार्वजनिक बिदा तथा चाडपर्वमा निर्माता तथा वितरकबिच फिल्म प्रदर्शन गर्न तँछाडमछाड भएपनि अन्य शुक्रबार भने हलमा प्रदर्शन गर्नेको अभाव हुँदै गएको हलवाला तथा वितरकले गुनासो पोखेका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2014-01-14, मंगलवार

बलिउड अभिनेता आमिर खानले केही बर्षदेखि फिल्म सम्बन्धि आयोजना हुने विशेषगरी अवार्ड कार्यक्रमा आफ्नो उपस्थितिलाई इन्कार गर्दै आइरहेका छन् । नेपाली अभिनेत्री नम्रता श्रेष्ठ पनि अवार्ड सम्बन्धि हुने कुनै पनि कार्यक्रममा सहभागी भएको पाइएको छैन ।

फिल्मीखबर, काठमाण्डौ, 2014-01-14, मंगलवार

बर्ष २०७० पुसको अन्तिम सातासम्म आइपुग्दा तीन नेपाली फिल्मले लगानी उठाउने निश्चित भएको छ । दुर्गिस व्यानरको ‘होस्टेल’ र रेखा थापाको ‘काली’ फिल्म प्रदर्शन भएर लगानी उठाउन सफल भैसकेका छन् भने हाँस्य कलाकारको फिल्म ‘छ एकान छ’ प्रदर्शनरत छ । जुन फिल्मले केही दिनको व्यापारबाट लगानी उठाउने पक्का भएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2014-01-13, सोमवार

एउटा नेपाली फिल्म खिच्न कति समय लाग्ला ? सामान्यतया एउटा नेपाली फिल्म खिच्ने अवधी ३५ देखि ४० दिनसम्म लाग्ने गरेको पाइन्छ । एकाध फिल्मले ९० दिन लगाएर पनि सुटिङ सक्ने गरेका छन् । तर, फिल्मीखबरले एउटा यस्तो फिल्म फेला परेको छ जसको सुटिङ अवधी निकै लामो हुन आएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2014-01-13, सोमवार

फिल्म सुटिङ सकिएर पोस्टप्रोडक्सनमा रहँदा पनि निर्माताको नाम गोप्य राखिनुलाई आश्चर्य मान्न सकिन्छ । कारण, नेपाली रजतपटमा फिल्म निर्माण गर्न छोडेर चर्चा बटुल्नेको जमात बढी छ ।

Results : 18175 - 18180 of 23741