अभिनेत्री अभिनेत्री रेखा थापाले शनिबार हेलिकप्टरसँगै बसेको २ वटा तस्विर आफ्नो फेसबुक वालमा पोस्ट गर्दै लेखिन्, 'मिस यु बाबा' । फिल्म 'हिम्मतवाली'मा मुख्य भूमिका निर्वाह समेत गरेका व्यापारी सुदर्शन गौतमले तस्विर एकदमै मन परेको प्रतिक्रिया दिंदै मिस गरिरहेको कमेन्ट गरे । रेखाले कमेन्टको जवाफ यसरी दिईन्, 'सुदु आई मिस यू अलट' ।
.jpg)
दुबै हात गुमाएका बिबाहित सुदर्शनले रेखाको सुन्दर अनुहार हेर्न निकै आत्तिएको जवाफ फर्काउँदै लेखे, 'वैटिङ वैटिङ वैटिङ ! हार्ट टु वैट, वैटिङ टु सि योर ब्यूटिफुल फेस । देअर आर वर्डस् इन त सोल अफ अन् न्यू बर्न बेबी, वैटिङ एन्ड वैटिङ टू बि रिटन, 'लभ यू' ।

कमेन्ट यतिमा मात्र सिमित रहेन । फेसबुक मै यि दुईको प्रेम मौलाउन थाल्यो । दुबैले 'लभ यू' र 'मिस यू'को बर्षात गराए । एकअर्कालाई मिस गरिरहेको प्रतिक्रिया दिए । प्रस्तुत वार्तालापले प्रस्ट्याउँछ कि रेखा र सुदर्शन एकअर्कालाई अथाह प्रेम गर्छन् ।

रेखाले सुदर्शनलाई 'बाबा' र 'सुदु' भनेर सम्बोधन गरेकी छिन् भने सुदर्शनले रेखालाई 'कान्छु' भनेका छन् । पति छबिराज ओझासँग सम्बन्ध बिच्छेद गरेकी रेखा र श्रीमतीलाई बिदेशमा राखेका सुदर्शनको यस किसिमको प्रतिक्रिया बहिरिंदा कस्ले नभन्ला, रेखा एण्ड सुदर्शन आर इन लभ !


