
वर्ष ०७० सालको अन्त्यतिर प्रदर्शनमा आएको फिल्म ‘नाईं नभन्नू ल २’ले उलेख्य सुरुवाती व्यापार गर्न सफल भएको छ । प्रदर्शनको चार दिनमै यो फिल्मले पुगनपुग डेढ करोडको व्यापार गरेको रिपोर्ट छ ।

नव वर्ष ०७१ सालको आगमन अवसर पारेर अभिनेत्री रेखा थापाको फिल्म ‘हिम्मतवाली’ को ‘फस्ट लुक’ सार्वजनिक गरिएको छ । ०७१ सालकै फुलपातीमा रिलिज गरिने ‘हिम्मतवाली’ को पोस्टरमा रेखा बोल्ड रुपमा प्रस्तुत भएकी छिन् ।

नयाँ वर्षको पूर्व संध्यामा निशा अधिकारी फिल्मको भविष्यप्रति चिन्तित देखिइन । उनले भनिन् ‘फिल्म रहे नै हामी रहन्छौं’ २०७१ सालको आगमनमा फिल्म ‘मुखौटा’ युनिटले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै अभिनेत्री निशा अधिकारीले थपिन, ‘०७१ सालमा नेपाली फिल्मले अझै फड्को मारोस् । फिल्म रहे नै हामी रहन्छौं ।’

शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म 'नाईं नभन्नु ल २' हेर्न हलमा दर्शकको महासागर नै उर्लेको छ । देशभरका सबै हलहरू हाउसफुल भएका छन् । शुक्रबारको तुलनामा शनिबारको व्यापार झण्डै दोब्बर हुने देखिएको छ ।

फूटबल खेल्ने किशोरहरुको विश्वकप पुग्ने सपनालाई कथामा बुनेर निर्माण गरिएको मौलिक नेपाली फिल्म ‘वर्ल्डकप इन नेपाल’को नयाँ गीत सार्वजनिक भएको छ । गीतमा अभिभावकको परम्परागत सोच र शैलीबाट कुन्ठित बालकको पीडादायी भावना देखाईएको छ ।

फिल्म देखाएरै फिल्म हलमा आफ्नो जिवनको अमूल्य समय व्यतित गर्ने व्यक्तिहरू मध्येका एक हुन्, विश्वनाथ चटर्जी । नेपालगञ्जको लक्ष्मी चलचित्र भवनबाट फिल्म देखाउने जागिर पाएका विश्वनाथ अहिले नेपालगञ्जकै बागेश्वरी हलमा म्यानेजरको रूपमा कार्यरत छन् । ६० बर्षसम्म फिल्म देखाउने काम गर्दै आएका यिनै ८७ बर्षिय विश्वनाथलाई नजिकबाट चिनाउने प्रयास गरिएको छ ।

