Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 17959 - 17964 of 24016
फिल्मीखबर, काठमाण्डौ, 2014-04-12, शनिवार

२०७० सालमा नव कलाकारको प्रवेश दमदार हुन सकेन । आशा गरिएका नव कलाकार सुस्ताए । प्रवेशमै सुस्ताएका नव कलाकारले अब्बल सावित गर्दै आफुलाई अगाडी बढाउन सकेनन् । वर्ष सत्तरीमा प्रवेश भएका एकाध कलाकार मात्रै रजतपटमा सक्रिय भए ।

फिल्मीखबर, काठमाण्डौ, 2014-04-12, शनिवार

अर्चना देलाल अभिनेत्रीको रूपमा भन्दा पनि आईटम डान्सरको रूपमा चिनिने भएकी छिन् । पहिलो पटक 'ढुवानी' फिल्ममा आईटम डान्स गरेर अनस्क्रिनमा देखिएकी अर्चना पछिल्लो पटक पनि आईटम डान्सर भएरै देखिएकी छिन् ।

फिल्मीखबर, काठमाण्डौ, 2014-04-11, शुक्रवार

नेपाल चलचित्र नृत्यकार संघले पनि फिल्म अवार्ड गर्ने भएको छ । ०७० सालभर प्रदर्शनमा आएका फिल्महरूलाई समेटेर अगामी असार ६ गते बिभिन १९ बिधामा अवार्ड वितरण गर्ने पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराईएको हो ।
 

फिल्मीखबर, काठमाण्डौ, 2014-04-11, शुक्रवार

एडल्ट फिल्मलाई २०७० साल फापेन । विषयवस्तु, संवाद र दृश्यलाई आधार बनाएर चलचित्र जाँच पास समिति (सेन्सर वोर्ड)ले एडल्ट अर्थात् १६ वर्ष मुनिका बालबालिकालाई हेर्न मनाही गरेका अधिकांश फिल्म व्यवसायिक रुपमा फ्लप बने ।

फिल्मीखबर, काठमाण्डौ, 2014-04-11, शुक्रवार

नेपाली फिल्मको लागि आयोजना भएको स्क्रिप्ट लेखन प्रतियोगिताको दोस्रो संस्करणको नतिजा सार्वजनिक भएको छ । न्यू नेपाली सिनेमाको आयोजनामा जुन २०१३ बाट सुरु भएको स्क्रिप्ट लेखन प्रतियोगितामा काठमाडौं निवासी राजन कठेतको 'चाल' नामक स्क्रिप्टले प्रथम स्थान हाँसिल गरेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2014-04-11, शुक्रवार

छायाँकारको साथमा अन्य फिल्मकर्मीहरूलाई प्राविधिक ज्ञान दिलाउने अभिप्रायले चलचित्र निर्देशक समाजले बिहीबारदेखि ‘वर्कशप अन डिजिटल फिल्मीङ’ नामक डिजिटल फिल्म खिचाइसम्बन्धी पाँचदिने कार्यशाला सुरु गरेको छ । चलचित्र विकास बोर्डको हलमा प्रमुख अतिथी बनेका अभिनेता राजेश हमालले क्ल्याप हानेर कार्यशालाको उदघाटन गरे ।

Results : 17959 - 17964 of 24016