‘मिन्स्क अनलाइन फिल्मीखबर अवार्ड ०७१’का लागि अनलाइन भोटिङ गत साताबाट खुला गरिएको हो । अवार्ड आयोजना हुने मिति जेठ २६ को अघिल्लो दिन साँझसम्म अनलाइन भोट गर्न सकिनेछ । ओफा अवार्डमा विभिन्न १७ विधा समावेश छन् । अनलाइन भोटिङमा शनिबार बिहानसम्म को अगाडी छ त ? हामीले अनलाइन भोटिङको तथ्याकंलाई प्रस्तुत गरेका छौं ।
.jpg)
पपुलर पाँच फिल्मको नोमिनेशनमा फिल्म ‘नाइँ नभन्नू ल २’ ले अनलाइन भोटमा लिड गरिरहेको छ । ‘नाइँ नभन्नू ल २’ कै विकास आचार्यले निर्देशकहरुमा अग्रपङ्तीमा छन् । अभिनेतातर्फ जीवन लुइँटेल अग्रपङ्तीमा छन् । प्रियंका कार्की पहिलो स्थानमा छिन् ।
त्यस्तै स्क्रिप्टमा ‘मोक्ष’ फिल्मबाट प्रविन, राजन र प्रज्ञान अगाडी छन् । संगीतकारतर्फ बसन्त सापकोटा र शब्दमा डा।कृष्णहरी बराल अगाडी छन् । पुरुष गायनतर्फ बाल गायक प्रेम परियाले लिड गर्दै छन् भने महिला गायनतर्फ रजिना रिमाल अगाडी छिन् । रजिनालाई अञ्जु पन्तले पछ्याएकी छिन् ।
छायाँकनमा पुरुषोत्तम प्रधान र द्धन्द्ध निर्देशनमा चन्द्र पन्तले लिड गरिरहेका छन् । त्यस्तै कोरियोग्राफरतर्फ रेनशा वान्तवा राई अगाडी छिन् । उनको प्रतिस्पर्धा कविराज गहतराजसँग देखिएको छ । सम्पादनमा प्रविन श्रेष्ठ र विपिन मल्लको कडा प्रतिस्पर्धा देखिएको छ । डेव्यु निर्देशक र डेव्यु नायकमा क्रमशः ‘मोक्ष’ फिल्म निर्देशक प्रविन श्रेष्ठ र कोसिस क्षेत्री अगाडी छन् । नव नायिकातर्फ अशिष्मा नकर्मी अगाडी छिन् । कस्ट्युम डिजाइनमा नीलिमा शर्माको लिडिङ छ ।
ओफा अवार्डमा पपुलरको अवार्ड उचाल्न अनलाईन भोटिङलाई पनि आधार बनाइएको छ । अनलाइन भोटसँगै एसएमएस भोटिङ तथा फिल्म निर्माण शैली, फिल्मको व्यापार, फिल्ममा कलाकारको प्रस्तुती एवं वर्ष ०७० भरी फिल्म, कलाकार र प्राविधिकले पाएको चर्चालाई आधार बनाएर अवार्ड दिइनेछ ।

