मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(28 votes, avg 3.21/5.00)
Text size:-
+
-

ओफामा `नाईं नभन्नु ल २`, दयाहाङ र प्रियंका लोकप्रिय (फोटो फिचरसहित)

फिल्मीखबर, काठमाण्डौ, 2014/06/10
बाल प्रेमकथामा आधारित फिल्म ‘नाईं नभन्नु ल २’ सोमबार राजधानीमा आयोजना गरिएको ‘मिन्स्क अनलाइन फिल्मीखबर अवार्ड (ओफा) २०७१’मा बर्ष ०७० को पपुलर फिल्म घोषित भयो । यस्तै यहि फिल्मबाट निर्देशक विकास आचार्य बर्ष पपुलर निर्देशक ठहरिए ।
 
 
 
 
दयाहाङ राईले लोकप्रिय अभिनेताको अवार्ड जितेका छन् । प्रज्ञाप्रतिष्ठानको प्रेक्षालयमा वितरित ओफामा लोकप्रिय अभिनेत्रीको अवार्ड प्रियंका कार्कीले हात पारिन् । कार्यक्रममा शिव रेग्मीलाई लाइफटाइम अचिभमेन्ट अवार्डद्धारा सम्मानित गरियो । सूचना तथा सञ्चार मन्त्री मिनेन्द्र रिजाल तथा मह जोडीले रेग्मी पत्नी ज्ञानु रेग्मीलाई सम्मान सहित अवार्ड प्रदान गरे । 
 
 
 
 
फिल्मीखबर डट कमको छैठौं बार्षिकोत्सवको अवसर पारेर आयोजना गरिएको उक्त अवार्ड समारोहमा वर्ष २०७० कै सुपरहिट फिल्म ‘छ एकान छ’का लागि दीपकराज गिरी र जगदिश्वर थापाले ‘पपुलर स्क्रिप्ट’, संगीतकार बसन्त सापकोटाले ‘पपुलर संगीतकार’, गीतकार डा. कृष्णहरि बरालले ‘पपुलर गीतकार’, छाँयाकार पुरुषोत्तम प्रधानले ‘पपुलर छाँयाकार’, प्रेम परियारले 'पपुलर गायक' मिलन अमात्यले ‘पपुलर गायिका’, रोशन श्रेष्ठले ‘पपुलर द्वन्द्व निर्देशक’ विपिन मल्लले ‘पपुलर सम्पादक’ विधाको अवार्ड पाए । 
 
 
 
 
यसैगरी फिल्म ‘होस्टल’का लागि निर्देशक हेमराज बिसीले ‘पपुलर नवनिर्देशक’, यही फिल्मका लागि नवनायक अनमोल केसीले ‘पपुलर नवअभिनेता’, फिल्म ‘अन्तराल’का लागि नायिका अशिष्मा नकर्मीले ‘पपुलर नवअभिनेत्री’ र फिल्म ‘बितेका पल’का लागि फेसन स्टाइलिष्ट निलिमा शर्माले ‘पपुलर फेसन डिजाइनर’को अवार्ड लिए । त्यस्तै ‘पपुलर एक्जिभीटर’ अवार्ड दमकको निलकण्ठ चलचित्र मन्दिरले पायो भने ‘पपुलर क्रिटिक्स अवार्ड’ फिल्म ‘मोक्ष’ले पायो।
 
 
 
 
प्रियंका कार्की, अनुभव रेग्मी –सुज्ञानी भट्टराई, गम्भिर–गजित–निष्मा घिमिरे र वर्षा सिवाकोटी–यशराज गराजले नृत्य प्रस्तुत गरेको कार्यक्रममा सिताराम कट्टेल र सुरवीर पण्डितले प्रहसन प्रस्तुत गरेका थिए । कार्यक्रममा बाल गायक प्रेम परियारले ‘मर्ने कसैलाई रहर हुँदैन’ बोलको गीत गाएका थिए ।
 
 
 
 
जीवन लुईंटेल, रिमा विश्वकर्मा, सुशिल नेपाल र कृति भट्टराईले सञ्चालन गरेको कार्यक्रमलाई न्युज २४ले प्रत्यक्ष प्रसारण गरेको थियो । यसैगरी रेडियो अडियो, बिग एफएम, कालिका एफएम, पाथीभारा एफएम, दन्तकाली एफएम, रेडियो थाहसञ्चार, रेडियो हिमाल र रेडियो मध्यपश्चिमले पनि कार्यक्रमको प्रत्यक्ष प्रशारण गरेका थिए ।
 
 
 
 
मिन्स्क मुख्य प्रायोजक रहेको यो कार्यक्रमलाई हेल्दी होम, सुवास इन्टरटेन्मेन्ट, दर्शना आर्ट्स, चलचित्र विकास बोर्ड, सिने दि चिफ तथा बेल्जियमबाट 'फन्को' फिल्मका निर्माता सहदेव गौतम र पदम गुरूङले प्रायोजनमा सहयोग गरेका थिए ।