
कलाकार गोपाल अर्यालले ‘वर्ल्ड कप इन नेपाल’ फिल्म मौलिक विषयमा आधारित रहेको बताएका छन् । उनले भने, ‘हाम्रो फिल्ममा २० जना गुन्डा लड्दैनन् । बिदेशी फिल्मबाट चोरिएको छैन ।’

अभिनेत्री नम्रता श्रेष्ठको पत्थरीको अप्रेशन गरिएको छ । अप्रेशन पछि यतिबेला नम्रता रेष्टमा छन् । आराम गर्नुपर्ने भएकाले आउँदो शुक्रबार वैशाख १२ गते प्रदर्शन हुने फिल्म ‘नोभेम्वर रेन’ को प्रचार प्रसार कार्यक्रममा सहभागी हुन नपाउने नम्रताले बताइन् ।

नेपाली फिल्मका आइटम गीतमा अर्चना देलालको डिमान्ड बढ्दो छ । ‘ढुवानी’ फिल्ममा समावेश ‘छलक छलक छल्कियो’ बोलको आइटम गीतबाट प्रवेश गरेकी अर्चना यतिबेला पहिलो रोजाइकी आइटम गर्ल बनेकी छिन् ।

चितवनको नारायणगढमा अत्याधुनिक प्रविधि र सुविधा सम्पन्न 'सिम्याक्स सिनेमा' नामक हलको उद्घाटन भएको छ । वरिष्ठ अभिनेता शिव श्रेष्ठ, नायिका निशा अधिकारी र निर्माता तथा निर्देशक अशोक शर्माले बुधबार संयुक्त रुपमा उक्त हलको उद्घाटन गरे ।

अभिनेत्री प्रियंकाले पहिलो पटक स्वर दिएको फिल्म 'आवरण'को शिर्ष गीत यति बेला निकै चर्चामा छ । प्रियंका कार्की प्रोफेश्नल गायिका होइनन् । तर, प्रियंकाको पहिलो रेकर्डेड स्वर प्रोफेशनल गायिकाको भन्दा कम सुनिएको छैन ।

अभिनेत्री झरना थापाले निर्देशन गर्ने ‘ए मेरो हजुर २’ मा मुख्य कलाकारको विषयलाई लिएर अन्यौल सृजना भएको छ । कस्ता कलाकार राख्ने भन्ने दुविधा भएका कारण अन्यौल भएको निर्माता सुनिल कुमार थापाले बताए ।

