Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

स्वेताले पनि खेलिन् फाईट (भिडियो हेर्नुस्)

फिल्मीखबर, काठमाण्डौ, 2014/06/07

पहिलो फिल्म 'कहाँ भेटिएला'बाट नै सफलता चुमेकी अभिनेत्री स्वेता खड्का अभिनित फिल्मको संख्या धेरै छैनन् । यद्दपी उनको खोजी भने भई नै रहन्छ । कारण उनीसँग अभिनेता श्रीकृष्ण श्रेष्ठ पनि जोडिएका छन् जो फिल्म क्षेत्रका चर्चित अभिनेतामा पर्छन् ।

 

केहि महिनामा बैबाहिक बन्धनमा बाँधिन लागेको श्री र स्वेता अभिनित पछिल्लो फिल्म 'कोहिनूर' प्रदर्शनको क्रममा छ । आकाश अधिकारीले निर्देशन गरेको यो फिल्म श्रावण २३ गते रिलिज हुँदैछ । यहि प्रतिक्षित फिल्मको प्रोमो रिलिज गरिएको छ जहाँ अभिनेत्री खड्काले आकर्षक द्धन्दका दृश्य दिएको देखिन्छ ।

 

आकाश अधिकारीकै कथा रहेको यो फिल्मले मुम्बईमा बेचिएकी नेपाली चेलीको कथा भन्छ । भारत र नेपालमा सुटिङ गरिएको यो फिल्मलाई राजुबिक्रम थापाले खिचेका हुन् ।

 

Most Visited News (monthly)