Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

ओफा अवार्डको निम्तो

फिल्मीखबर, काठमाण्डौ, 2014/06/08
अनलाइन फिल्मीखबर डट कमद्धारा आयोजित 'मिन्स्क अनलाइन फिल्मीखबर अवार्ड ०७१'को सम्पूर्ण पूर्व तयारी सकिएको छ । जेठ २६ गते सोमबार कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको भवनमा आयोजना हुने ओफा अवार्डलाई न्यूज २४ टेलिभिजन र काठमाण्डौं तथा मोफसलका रेडियो स्टेशनले प्रत्यक्ष प्रशारण गर्नेछन् । लाइभ साढे ३ देखि ६ बजेसम्म सञ्चालन हुनेछ । 
 
 
'ओफा अवार्डको दोश्रो संस्करण सभ्य र भव्य हुनेमा हामी विश्वस्त छौं । यो अवार्डले नेपाली फिल्म र फिल्म क्षेत्रको हितलाई सहयोग पुर्याउनेमा हामी आशावादी छौं,' अवार्ड निर्देशक सुरेश दर्पण पोखरेलले भने । फिल्मीखबर डट कमको छैटौं वार्षिक उत्सबको अवसरमा आयोजना गरिने ओफा अवार्डमा स्व. निर्देशक शिव रेग्मीलाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरिदैछ । 
 
 
नेपाली फिल्म क्षेत्रको हक र हितको  आयोजना गरिएको यस अवार्ड समारोहमा कलाकार, निर्माता, निर्देशक, प्राविधिक, सञ्चारकर्मी सहित नेपाली फिल्मसँग सम्बन्धित सम्पूर्ण व्यक्तित्वलाई ओफाले हार्दिक निमन्त्रणा गरिसकेको छ । यदि कुनैपनि निर्माता, निर्देशक, प्राविधिक, सञ्चारकर्मी तथा नेपाली फिल्मसँग सम्बन्धित व्यक्तित्वमाझ ओफा अवार्डको निमन्त्रणा कार्ड नपुगेको खण्डमा पनि कमलादीको प्रज्ञा प्रतिष्ठान अवार्ड भवनमा सम्पूर्ण फिल्मकर्मी तथा सञ्चारकर्मीलाई उपस्थित हुन हार्दिक निमन्त्रणा गरिन्छ ।
 
 
ओफा अवार्डमा अभिनेत्री प्रियंका कार्की, गायक प्रेम परियार, कलाकारहरु गजित विष्ट, यशराज गरच, निश्मा घिमिरे, वर्षा सिवाकोटी, कोरियोग्राफर गम्भिर विष्ट एवं हाँस्य कलाकार सिताराम कट्टेल धुर्मुसको विशेष प्रस्तुती रहनेछ । 
Most Visited News (monthly)