
‘नाईं नभन्नू ल’ को सिक्वेलले फिल्मको बक्स तताइ रहँदा प्रसंशित फिल्म ‘बाटो मूनिको फूल’को पनि सिक्वेल निर्माण हुने भएको छ । ‘बाटो मूनिका फूल २’ शिर्षक दिएर सिक्वेल निर्माण हुने कथाकार एवं अभिनेता यश कुमारले फिल्मीखबरलाई जानकारी गराए ।

नेपाल चलचित्र कलाकार संघले बरिष्ठ फिल्मकर्मी रमेश बुढाथोकीलाई सम्मान गर्ने निर्णय गरेको छ । मंगलबार बसेको संघको कार्यसमिती बैठकले संघकै पूर्व अध्यक्ष बुढाथोकीलाई नगद रू ५१ हजार १ रुपैयाँले सम्मान गर्ने निर्णय गरेको हो ।

वैशाख २६ गतेदेखि अल नेपाल प्रदर्शन हुने फिल्म ‘मेरो बेष्ट फ्रेण्ड’ को शिर्ष गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको शिर्ष गीतमा सुगम पोखरेलको स्वर एवं संगीत रहेको छ । गीतको शब्द भुपेन्द्र खड्काले तयार गरेका हुन् ।

नेपाली फिल्म उद्योगलाई २०७० साल खासै राम्रो बन्न नसके पनि सत्तरी सालको बिदाई र २०७१ सालको सुरुवात भने सुखद भएको छ । गत शुक्रबारबाट देशभर प्रदर्शनमा आएको फिल्म 'नाइँ नभन्नु ल २'ले देशभरकै सिनेमा घरमा धेरै वर्ष पछि रेकर्ड कायम गर्ने व्यापार गरे पछि नयाँ वर्षमा नेपाली फिल्मको लागि शुभ संकेत देखिएको छ ।

डायमण्ड शम्शेरको पुस्तक ‘सेतो बाघ’ माथि केन्द्रित फिल्म ‘सेतो बाघ’ को छायाँकन यसै साता सम्पन्न भएको छ । निर शाहले निर्देशन गर्दै गरेको ‘सेतो बाघ’ को सुटिङ सक्न ५१ दिन लाग्यो ।

नेपाली नयाँ वर्षको अवसर पारेर फिल्म ‘नोभेम्वर रेन’ को च्यारेटी गरिएको छ । वैशाख १ गते पुर्वको बाराही फिल्म हलमा नोभेम्वर रेनको च्यारेटी गरिएको हो ।

