Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 17935 - 17940 of 24016
फिल्मीखबर, काठमाण्डौ, 2014-04-18, शुक्रवार

वर्ष ०७१ सालमा पर्ने प्रायः सबै चाडपर्व तथा सार्वजनिक बिदा 'बुक' भएका छन् । फिल्म प्रदर्शनको लागि उचित मानिने तिज, दशैं, तिहार, माघे सक्रान्ती तथा आगामी नयाँ बर्षको मिति प्याक भएको रिपोर्ट छ ।

फिल्मीखबर, काठमाण्डौ, 2014-04-18, शुक्रवार

नेपाली भाषी अभिनेत्री गीताञ्जली थापालाई भारतको प्रतिष्ठित ‘नेश्नल अवार्ड’ प्राप्त भएको छ । भारतको नयाँ दिल्लीस्थित बुधबार सम्पन्न नेश्नल फिल्म अवार्डको ६१ औं संस्करणमा गीताञ्जलीले उत्कृष्ट अभिनेत्रीको अवार्ड प्राप्त गरेकी हुन् ।

अर्पण ढकाल, धरान, 2014-04-18, शुक्रवार

बैशाख २६ बाट देशभर प्रदर्शनमा आउने क्रममा रहेको फिल्म 'दमदार'ले  समाजभित्र देखिएका बिकृती विसंगती बिरुद्द आवाज उठाएको फिल्मका कार्यकारी निर्माता चन्द्रप्रसाद गौतमले जानकारी गराएका छन् । दमकमा फिल्मको जानकारी दिने उद्देश्यले आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले सो जानकारी गराएका हुन् ।

फिल्मीखबर, काठमाण्डौ, 2014-04-18, शुक्रवार

अभिनेता राजेश हमाल लण्डन पुगेका छन् । भोली शनिबार लण्डनमा हुन लागेको फिल्म 'हँसिया'को रेड कार्पेट प्रिमियरका लागि हमाल त्यसतर्फ गएका हुन् । जेष्ठमा बिबाह गर्न लागेका हमाललाई व्यस्तताका बाबजुत पनि निर्देशक मिलन चाम्सले रेड कार्पेट प्रिमियरमा दर्शकमाझ हमाललाई उपस्थित गराउन सफल भएका हुन् ।

फिल्मीखबर, काठमाण्डौ, 2014-04-17, बिहिवार

पहिलो साता उत्साहजनक व्यापार गरेका कारण फिल्म 'नाईं नभन्नु ल २'ले सफलताकासाथ दोस्रो साताको यात्रा तय गरेको छ । गत शुक्रबारबाट जति हलमा प्रदर्शन भएका थिए त्यति नै हलमा यो फिल्मले निरन्तरता पाएको छ । बालप्रेमको ‘नाईं नभन्नु ल २’ ले काठमाण्डौमा १९ र मोफसलमा ६० वटा हल पाएको थियो ।

फिल्मीखबर, काठमाण्डौ, 2014-04-17, बिहिवार

चलचित्र कलाकार संघले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । संघको सदस्यता लिएका कलाकारले रगत दान गराएका छन् । रत्नपार्कस्थित शान्ति वाटिकामा आयोजना गरिएको कार्यक्रममा ६८ जनाले रक्तदान गरेका थिए ।

Results : 17935 - 17940 of 24016