
आज शुक्रबारबाट नेपालभर एकसाथ प्रदर्शनमा आएको फिल्म 'नाईं नभन्नु ल २'को बिहिबार साँझ सिटी सेन्टरस्थित बिग मुभिजमा प्रिमियर सम्पन्न भयो । सञ्चारकर्मी, फिल्म निर्माण युनिट र केहि सिमित फिल्मकर्मीमाझ फिल्मको प्रिमियर गरिएको हो ।

बेल्जियम लैजान्छु भन्दै करोडौंको ठगी भनी लगाइएको आरोपप्रति कलाकार दिनेश शर्माले खण्डन गरेका छन् । चैत २७ गते रिपोटर्स क्लबमा प्रेसमिट गर्दै उक्त आरोपको दिनेशले खण्डन गरेका हुन् ।

सुटिङ सकिएको झन्डै पाँच वर्षपछि निर शाह निर्देशित फिल्म ‘अकाल’ प्रदर्शन हुने छनक देखिएको छ । प्रदर्शन अधिकार लिएको मनोज राठी समुहले ‘अकाल’लाई आउँदो वैशाख ५ गते रिलिज गर्ने तयारी गरिरहेको छ ।

करोडमाथि लगानी दाबी गरिएको फिल्म ‘हँसिया’को आधा लगानी विदेश बजारबाटै उठ्ने भएको छ । निर्देशक मिलन चाम्सले यो हिसाब दिएका हुन् । निर्माता दुर्गा घले र आफ्नो सम्बन्धका कारण बिदेशमा ‘हँसिया’ बिक्री भैरहेको निर्देशक चाम्सले बताए ।

स्म्यासिङ एप्पलको दोस्रो प्रस्तुती ‘ताण्डव’ फिल्मको छायाँकन सकिएको छ । नम्रता श्रेष्ठ र र्यापर आशिष राना ‘लाउरे’ को मुख्य भूमिका रहेको ‘ताण्डव’ सुरु गरेको ४६ दिनमा चैत २७ गते छायाँकन सकिएको हो ।

निर्माता छवि ओझा पुनः नयाँ हिरोइनलाई फिल्ममा भित्र्याउने चक्करमा लागेका छन् । ‘हिट र हट हिरोइनको खोजीमा छु,’ एक जम्का भेटमा निर्माता ओझाले खुस्काए । खोजे जस्तो 'हिट एण्ड हट' हिरोइन छविले भेट्टाइसकेका छैनन् ।

