फिल्म ‘वान वे’को शीर्ष गीत सार्वजनिक भएको छ । फिल्मका कलाकार एवं गायक रविन तामाङले नै गाएको गीतमा उनलाई नै फिचरिङ गरिएको छ । यो गीतमा रविन एन्ड द न्यू रिभोलुसनको संगीत छ ।
सुरज सुब्बा 'नाल्बो' ले निर्देशन गरेको यो फिल्ममा रविनका अलवा सिद्धार्थ गुरुङ, करिश्मा मानन्धर, माला सुब्ब, विल्सन विक्रम राई लगायतका कलाकारको अभिनय छ । ग्याङस्टारको कथा भनिएको यो फिल्मलाई आरसी पिक्चर्सको व्यानरमा राजकुमार राईले निर्माण गरेका हुन् ।

