
सदावहार सुन्दरी अभिनेत्रीको रुपमा परिचित अभिनेत्री करिश्मा मानन्धर सुन्दरी नहुने कुरै भएन । त्यस्तै अभिनेत्री झरना थापाले पनि राम्री देखिन कुनै कसुर बाँकी नराखेको देखियो । हमालको बिहेमा अभिनेत्री दिपाश्री निर्रौला पनि हरियो पहिरनमा ठाँटिएर पुगेकी थिइन् ।

अभिनेत्री प्रियंका कार्की व्यस्त हुँदा अर्की अभिनेत्री निशा अधिकारीलाई फाइदा पुगेको छ । सम्पदक सुरेन्द्र पौडेलले पहिलो पटक निर्देशन गर्ने फिल्म ‘आभास’मा प्रियंकाको सट्टामा निशालाई लिइएको छ ।

बरिष्ठ फिल्मकर्मी निर शाह सहित अन्य पाँच कलाकारले राष्ट्रपतिबाट मानपदवीको सम्मान पाएका छन् । जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामवरण यादवले कलाकारितामा योगदान दिए वापत उक्त सम्मान दिएका हुन् ।

'मिन्स्क अनलाइन फिल्मीखबर अवार्ड २०७१'मा झोला फिल्म प्रतिस्पर्धामा सामेल नहुने भएको छ । पपुलर फिल्म, नव निर्देशक एवं स्क्रिप्टको उत्कृष्ट पाँच भित्र पर्न सफल ‘झोला’लाई आयोजकले हटाएको छ ।

'मिन्स्क अनलाइन फिल्मीखबर अवार्ड २०७१'को उत्कृष्ट पाँचमा पर्न सफल प्रतिस्पर्धीलाई प्रमाण पत्र वितरण गरिएको छ । प्रमाण वितरणसँगै ओफा अवार्डको दोश्रो संस्करणमा स्व. निर्देशक शिव रेग्मीलाई लाइफटाईम अचिभमेन्ट अवार्ड दिइने समेत घोषणा गरियो ।

गायक राजेश पायल राईको बोलीले फेल खाएको छ । अमेरिका जान्न भनी अभिव्यक्ति दिएका गायक राई अमेरिका जाने भएका हुन् । आउने जुन महिनामा आफ्नो साँगीतिक कार्यक्रम लिएर राजेश अमेरिका उड्ने छन् ।

