मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

एनएफडिसी अवार्डको उत्कृष्ट पाँच मनोनयन सार्वजनिक

फिल्मीखबर, काठमाण्डौ, 2014/07/24
नेपाल चलचित्र विकास कम्पनी एनएफडिसीले एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कारको दोस्रो संस्करण ‘एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार २०७०’ को वर्षभरीको उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरेको छ ।
 
सार्वजनिक उत्कृष्ट पाँच मनोनयनमा “प्रकाश” सर्वोत्कृष्ट निर्देशकका लागि फिल्म 'नाइ नभन्नु ल २'बाट विकास आचार्य, 'होस्टेल'बाट हेमराज बिसी, 'महशुस'बाट नवल नेपाल, 'मोक्ष'बाट प्रविन श्रेष्ठ र 'झोला'बाट यादव भट्टराई रहेका छन् । यस्तै “हिरा” सर्वोत्कृष्ट चलचित्रको बिधामा 'झोला', 'होस्टेल', 'महशुस', 'मोक्ष' र 'नाई नभन्नु ल २' मनोनयनमा परेका छन् ।
 
यता “शिब” सर्वोत्कृष्ट अभिनेताका लागि 'मौन'बाट अर्पण थापा, 'महशुस'बाट आर्यन सिग्देल, 'झोले'बाट दयाहाङ राई, 'ऋतु'बाट राजवल्लभ कोइराला र 'उमा'बाट सौगात मल्ल मनोनयनमा परेका छन् भने “भुवन” सर्वोत्कृष्ट अभिनेत्रीका लागि 'झोला'बाट गरिमा पन्त, 'महशुस'बाट केकी अधिकारी, '६ एकान ६'बाट निता ढुङ्गाना, 'झोले'बाट प्रियंका कार्की र 'काली'बाट रेखा थापा बिच प्रतिष्पर्धा छ ।
 
यस्तै “नीर” सर्वोत्कृष्ट सहअभिनेताका लागि '६ एकान ६'बाट केदार घिमिरे, 'मधुमास'बाट मनोज आरसी, '६ एकान ६'बाट राजवल्लभ कोइराला, 'राजनीति'बाट रमेश बुढाथोकी र 'प्रोड्युसर'बाट विल्सन बिक्रम राई मनोनयनमा छन् । "बसुन्धरा” सर्वोत्कृष्ट सहअभिनेत्रीको मनोनयनमा 'किन किन'बाट करिश्मा मानन्धर , 'झोला'बाट लक्ष्मी गिरी, 'पराई'बाट नन्दिता केसी, 'ऋतु'बाट रिमा विश्वकर्मा र 'शिरिषको फूल'बाट सौजन्य सुब्बा रहेका छन् ।
 
“विश्व” सर्वोत्कृष्ट नवअभिनेताका लागि यसवर्ष 'होस्टेल'बाट अनमोल केसी, 'मञ्जरी'बाट गौरव पहारी, 'मोक्ष'बाट कोसिश क्षेत्री, 'होस्टेल'बाट सलोन बस्नेत र 'साँघुरो'बाट शुशांक मैनाली बिच प्रतिष्पर्धा हुनेछ । यस्तै “चैत्य” सर्वोत्कृष्ट नवअभिनेत्रीका लागि 'ब्रम्हा'बाट एन्नि कुँवर, 'राजनीति'बाट कोमल वली, 'ऋतु'बाट मलिना जोशी, 'होस्टेल'बाट प्रकृति श्रेष्ठ र 'मञ्जरी'बाट सुजाता कोइराला मनोनयनमा छन् ।
 
यता “चेतन” सर्वोत्कृष्ट पटकथा लेखनका लागि 'मौन'बाट अर्पण थापा, 'नाइ नभन्नु ल २'बाट बिकास आचार्य, 'होस्टेल'बाट हेमराज विसी, 'महशुस'बाट नवल नेपाल र 'पराई'बाट शिवम अधिकारी मनोनयनमा छन् । “तुलसी” सर्वोत्कृष्ट सम्पादकका लागि 'अन्तराल'बाट असिम चित्रकार र बुद्धरत्न महर्जन, 'महशुस'बाट बद्री लामिछाने, 'काली'बाट बनिष शाह र अर्जुन जिसी, 'मोक्ष'बाट प्रविन श्रेष्ठ र 'होस्टेल'बाट सुरेन्द्र पौडेल मनोनयनमा परेका छन् ।
 
यस्तै “मञ्जु” सर्वोत्कृष्ट छायाँकारको बिधामा 'झोला'बाट दिपक बज्रचार्य, 'होस्टेल'बाट हरी हुमागाई, 'बितेका पल'बाट हरी लामा, 'नाइ नभन्नु ल २'बाट पुरुषोत्तम प्रधान र 'मौन'बाट सञ्जय लामा मनोनयनमा परेका छन् । “भुटानी” सर्वोत्कृष्ट द्वन्द्व निर्देशकका लागि 'वार'बाट हिमाल केसी, 'लभस्टोरी २०६६'बाट एनबि महर्जन, 'नथिङ्ग इम्पोसिवल'बाट राजेन्द्र खड्गी, 'योद्धा'बाट रामजनक र 'काली'बाट रोशन श्रेष्ठ मनोनयन परेका छन् । 
 
“वसन्त” सर्वोत्कृष्ट नृत्य निर्देशकको मनोनयनमा 'दबाब'को ४२० को झड्काबाट गम्भिर विष्ट, 'किन किन'को तिमी बिनाबाट गोबिन्द राई, 'काली'को स्लोली स्लोलीबाट कविराज गहतराज, 'झोले'को तिमी नै मेरोबाट रेनशा राई र 'वितेका पल'को जब साँझबाट शंकर बिसी रहेका छन् । 
 
“उदित” सर्वोत्कृष्ट पाश्र्वगायकको बिधामा 'मधुमास'को आँटीसक्यो बोलको गीतबाट अञ्जु पन्त, 'नाइ नभन्नु ल २'को यि आँखामाबाट प्रेम परियार, 'झोले'को तिमि नै मेरोबाट राजेश पायल राई, 'बिन्दास २'को सुन्छु तिमीलेबाट शिब परियार र 'नाइ नभन्नु ल २'को मर्ने कसैलाईबाट स्वरुपराज आचार्य मनोनयनमा परेका छन् । यस्तै “शुभ” सर्वोत्कृष्ट पाश्र्व संगीतका लागि 'अन्तराल'बाट आशिष चित्रकार, '६ एकान ६'बाट एलिस कार्की, 'शिरिषको फूल'बाट दिनेश सुनाम, 'मनले मनलाई छुन्छ'बाट माहाराज थापा र 'मोक्ष'बाट सुजिल कर्मचार्य मनोनयनमा परेका छन् ।
 
यता “प्रदीप” सर्वोत्कृष्ट ध्वनी पुनः मुद्रणका लागि 'मञ्जरी'बाट अमित श्रेष्ठ, 'हो यही माया हो'बाट फणिन्द्र राई, 'काली'बाट मुकेश शाह, 'नाई नभन्नु ल २'बाट सुनयमान श्रेष्ठ र 'होस्टेल'बाट उत्तम न्यौपाने मनोनयनमा रहेका छन् । “शम्भु” सर्वोत्कृष्ट सर्वोत्कृष्ट संगीतकारका लागि 'नाई नभन्नु ल २'को यि आँखामा बोलको गीतबाट बसन्त सापाकोटा, 'बिन्दास २'को सुन्छु तिमीलेबाट अर्जुन पोखरेल, 'महशुस'को दिल चुप छबाट सुरेश अधिकारी, 'किन किन'को किन किनबाट महेश खड्का र 'मञ्जरी'को आज मनकै कुराबाट काली प्रसाद बाँस्कोटा बिच प्रतिष्पर्धा हुनेछ ।
 
यस्तै निर्णायक समितिले आफै कार्यविधि बनाई छनोट गरेको कुनै एक श्रष्टालाई ट्रफी, प्रमाणपत्रसहित रु। ५१ हजार राशिको “मह” जुरी, राष्ट्रिय चलचित्र पुरस्कार प्रदान गरिनेछ । यो अवार्ड नेपाली कला, साहित्य, संस्कृति, पर्यटन क्षेत्रको श्रृवृद्धि गर्ने उद्देश्यले जुनसुकै भाषामा स्वदेश वा विदेशमा निर्मित फिल्ममा संलग्न निर्देशक, कलाकार, लेखक तथा प्राविधिज्ञहरूमध्ये जो कोहीलाई प्रदान गर्न सकिनेछ । विदेशी सष्ट्राको हकमा भने ५५५ युएस डलर पुरस्कार स्वरूप प्रदान गरिनेछ ।
 
यता आधिकारिक तथ्यांकका आधारमा वर्षभरिमा सबैभन्दा बढी टिकट बिक्री भई सर्वोत्कृष्ट व्यवसायिक सफलता प्राप्त गरेको फिल्मका निर्मातालाई ट्रफी तथा प्रमाणपत्र सहित रु। ५१ हजार राशीको “कुसुमेरुमाल” सर्वोत्कृष्ट व्यवसायिक चलचित्र प्रदान गरिने आयोजकले बताएको छ । यस्तै नेपाली फिल्म उद्योगको श्रीबृद्धिका उत्कृष्ट समाचार सम्प्रेषण गर्ने एक फिल्म पत्रकारलाई ट्रफी, प्रमाणपत्रसहित रु। ५१ हजार राशीको “पुष्कर” चलचित्र पत्रकारिता पुरस्कार प्रदान गरिनेछ ।
 
बिहीबार जारी बिज्ञप्तीमा उल्लेख गरिए अनुसार नेपाल सरकार चलचित्र ऐन २०२६ तथा चलचित्र नियमावली २०५७ बमोजिम निर्माण भई केन्द्रीय चलचित्र जाँच समितिबाट जाँचपास भई २०७० वैशाख १ गतेदेखि २०७० चैत्र मसान्तसम्म नेपालका कम्तिमा ५ वटा फिल्म घरहरूमा व्यवसायिकरूपमा प्रदर्शनमा आएका ९४ फिल्म तथा उक्त फिल्ममा संलग्न एवं सहभागी कलाकारहरू तथा प्राविधिज्ञहरू राष्ट्रिय चलचित्र पुरस्कारका लागि छनोट प्रक्रियामा स्वतः सामेल भएको जनाइएको छ ।
 
कुल २० विधामा अवार्ड प्रदान गरिने भए पनि १७ विधाका लागि संयोजकसहित ५ सदस्य रहेको निर्णायक समितिबाट मूल्यांकन गरी वर्षभरि प्रदर्शित फिल्महरूबाट उत्कृष्ट मनोनयन (पाँच), सर्जक (प्राविधिज्ञ तथा कलाकार)को नाम सार्वजनिक गरिएको जनाइएको छ । यसअघि तीन भागमा गरी हरेक चार महिनामा उक्त अवधिमा प्रदर्शन भएका फिल्महरुको आधारमा प्रारम्भिक मनोनयन सार्वजनिक गरिएको थियो । त्यही मनोनयन र मनोनित सष्ट्रा सर्जकलाई प्राप्त एसएमएस भोटलाई समेत आधार मानेर फाइनल प्रतिष्पर्धाका लागि उत्कृष्ट ५ को मनोनयन सार्वजनिक गरीएको बिज्ञप्तीमा उल्लेख छ ।
 
अवार्ड समारोह आयोजना हुनुभन्दा झण्डै डेढ महिना अघि सार्वजनिक गरिएको उत्कृष्ट पाँच मनोनयन मध्ये निर्णायक मण्डलको मुल्याङकनसँगै एसएमएस मार्फत प्राप्त भोट र दर्शक भोटिङलाई समेत आधार मानी सर्वोत्कृष्ट एकलाई पुरस्कृत गरिने समेत जनाइएको छ । दर्शक मत संकलनका लागि मूलुकभरका चार दर्जन बढी फिल्म भवनहरुमा व्यालेट बक्स राखी आफुलाई मन पर्ने कलाकार र प्राविधिकलाई दर्शकले भोट दिने व्यवस्था यथाशीघ्र प्रारम्भ गरिने पनि जनाइएको छ ।
 
अवार्डका लागि २५ वर्ष भन्दा लामो समयदेखि फिल्मकर्ममा रहदै आएका वरिष्ठ संगीतकर्मी शुभबहादुर सुनाम संयोजक रहेको निर्णायक मण्डलमा वरिष्ठ अभिनेत्री चैत्यदेवी सिंह, वरिष्ठ छायाँकार मञ्जुकुमार श्रेष्ठ, वरिष्ठ साउण्ड इन्जिनियर प्रदिप उपाध्यााय र वरिष्ठ निर्माण नियन्त्रक नारायण ध्वज पन्त सदस्य रहेका छन् ।