मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`निशानी`को बतासै सरर (गीत रिलिज)

फिल्मीखबर, काठमाण्डौ, 2014/07/24
भाद्र २७ गते रिलिज हुने फिल्म 'निशानी'को गीत रिलिज गरिएको छ । बिबी अनुरागीको संगीत रहेको 'बतासै सरर' बोलको गीतमा संगीतकार स्वयं, फिल्मका अभिनेता प्रशान्त तामाङ र दीपक लिम्बुको रहेको छ । फिल्मका निर्देशक बिनोद सेरेङले लेखेको प्रस्तुत गीतमा शिव शर्माले कलाकारलाई नचाएका छन् ।
 
‘निशानी’ मा प्रशान्त तामाङसँगै अनु गुरुङ, सिरु बिष्ट, विष्णु चेम्जोङ, प्रेम सुब्बा, कोपिला थापा, जयनन्द लामा लगायतको अभिनय छ । कारगिल युद्धमा ज्यान गुमाएका सैनिकको विषयमा निर्मित यो फिल्मको छायाँकन सिक्किम, इलाम र घलेगाउँ लगायत स्थानमा गरिएको छ । 
 
प्रेम सुब्बा, सरोज भण्डारी, ललिता सेरेङ धौबडेल र किशोर दुङमाली राईले निर्माण गरेको ‘निशानी'मा निर्देशक सेरेङको पटकथा लेखन, युवराज राईको छायांकन, जनक गुरुङको द्वन्द्व, गोविन्द राई र शिव बिकको नृत्य निर्देशन, बिबी अनुरागीको संगीत, विपीन मल्ल र सुरज श्रेष्ठको सम्पादन छ ।