मिति : २०८१ वैशाख ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

८ लाख लगाएर ‘टलकजंग भर्सेस टुल्के’ को आइटम !

फिल्मीखबर, काठमाण्डौ, 2014/07/24
निर्देशक निश्चल बस्नेतको पहिलो फिल्म ‘लुट’ चल्नुको पछाडी सुष्मा कार्कीको उत्तेजक आइटम नृत्य खास कारण बन्यो । ‘उध्रेको चोली’ आइटम गीत यसरी हिट भइदियो कि कार्कीको उध्रेको चोली हेर्नलाई नै हलसम्म ओइरो लागे । फिल्म ‘लुट’ सुपरहिट बन्यो । 
 
निर्देशक बस्नेतले आफ्नो दोश्रो फिल्म ‘टलक जंग भर्सेस टुल्के’मा आइटम गीतलाई समावेश गरेका छन् । यसै साता छायाँकन गरिएको आइटम गीतमा मेनुका प्रधानले आइटम नृत्य पस्केकी छिन् । सँगै कलाकारद्धय ऋचा शर्मा र खगेन्द्र शर्मालाई उक्त आइटम नृत्यमा देख्न सकिन्छ ।
 
गम्भिर विष्टले निर्देशन गरेको उक्त आइटम नृत्य महंगो बजेटमा छायाँकन गरिएको बताइन्छ । निर्माता रबिन्द्रसिंह बानियाको दाबी अनुसार ‘टलकजंग भर्सेस टुल्के’को उक्त आइटम नृत्यमा झन्डै ८ लाख रुपैयाँ खर्चिएको छ । सेट लगाइएको आइटम नृत्यलाई दुई दिन लगाएर छायाँकन गरिएको थियो ।
 
शशस्त्र द्धन्द्ध कालको विषयलाई मुख्य रुपमा उठान गरिएको फिल्म ‘टलकजंग भर्सेस टुल्के’ को प्रदर्शन मिति तोकिएको छैन । फिल्ममा ऋचा शर्मा, खगेन्द्र लामिछानेसँगै सुशाकं मैनालीको मुख्य भूमिका छ ।