
प्रौढ अभिनेत्री मौसमी मल्ल एक समयकी चर्चित एवं सर्वाधिक रुचाइएकी अभिनेत्री हुन् । ०४५ सालमा फिल्म ‘भाग्य रेखा’बाट मौसमीले नेपाली रजतपटमा हिरोइनको रूपमा प्रवेश गरिन् ।

‘आठौं नेपाल अन्तराष्ट्रिय आदिवासी चलचित्र महोत्सव–२०७१’ जेठ २९ बाट जेठ ३१ सम्म काठमाडौंको राष्ट्रिय सभागृहमा हुने भएको छ । इन्डिजिनियस फिल्म अर्काइभ (आइफा)ले यो महोत्सव आयोजना गर्दै आएको छ ।

एक समय नेपाल फिल्मका दर्शकमाझ सर्वाधिक रुचाइएका अभिनेता दिलिप रायमाझी पछिल्लो केही वर्षदेखि हराएको अवस्थामा छन् । दर्जन बढी हिट फिल्म दिएका दिलिपको भागमा पछिल्लो समय फिल्म छैन भन्दा पनि हुन्छ । फाट्टफुट्ट फिल्ममा देखिएपनि वर्तमान फिल्म बजारमा दिलिपको चर्चा खासै हुने गरेको छैन ।

छविराज प्रोडक्सनको नयाँ फिल्म ‘हवल्दार सुन्तली’ को छायाँकन सुरु भएको छ । शिल्पा पोखरेल शिर्ष भूमिकामा रहेको यो फिल्मको छायाँकन सोमबारदेखि हेटौंडाबाट सुरु भयो ।

शम्भू प्रधानको फिल्म ‘रङ वैजनी’ को छायाँकन सकिएको छ । अनुमानित तालिका अनुसार नै २९ दिनमा यस फिल्मको छायाँकन सकिएको हो । यसै साता सिने जोन स्टुडियोबाट फिल्मको सम्पादन कार्य सुरु हुने निर्देशक प्रधानले बताए ।

अभिनेत्री करिश्मा मानन्धर केन्द्रित फिल्म निर्माण हुने भएको छ । शिर्षक तय गर्न बाँकी फिल्ममा आफ्नो भूमिका करिअरकै फरक तथा महत्वपूर्ण हुने करिश्माले बताइन् ।

