Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 17731 - 17736 of 24017
फिल्मीखबर, काठमाण्डौ, 2014-05-28, बुधवार

दशैंको अवसर पारेर रिलिज गर्न लागिएको फिल्म 'हिम्मतवाली'को गीत रिलिज गरिएको छ । अभिनेत्री रेखा थापाले निर्माण तथा अभिनय गरेको यो फिल्मलाई रेखाले नै निर्देशन गरेकी हुन् ।
 

फिल्मीखबर, काठमाण्डौ, 2014-05-27, मंगलवार

कोलम्बोमा सम्पन्न सार्क फिल्म फेस्टिभलमा नेपाली फिल्म ‘साँघुरो’ले दुई वटा अवार्ड जितेको छ । मे २० देखि २५ सम्म चलेको फेस्टिभलमा ‘साँघुरो’का लागि निर्देशक जोयस पाण्डेले फेस्टिभल जुरीको तर्फबाट उत्कृष्ट ‘नव प्रतिभा  सर्टिफिकेट अफ रेकग्निसन’ प्राप्त गरे भने फिल्म स्वयंले रजत पदक प्राप्त गर्‍यो ।

फिल्मीखबर, काठमाण्डौ, 2014-05-27, मंगलवार

ईराकमा आतंककारीद्वारा १२ नेपाली मारिएको बिषयमा निर्माण गरिएको फिल्म '१२ नेपाली एक चिहान'लाई सूचना तथा सञ्चार मन्त्रालयले चलचित्र विकास बोर्डलाई पत्र काटेर सेन्सर सिफारिस नगर्न निर्देशन दिएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2014-05-27, मंगलवार

भर्खरै छोराको पास्नी गरेका अभिनेता जीवन लुइँटेलले एक दर्जन सन्तानको बाउ बन्ने ईच्छा व्यक्त गरेका छन् । जीवन अभिनित फिल्म ‘स्टुपिड मन’को सार्वजनिक टिजरले यहि कुरालाई देखाएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2014-05-27, मंगलवार

बर्ष सत्तरी सालमा ‘६ एकान ६’ फिल्म निर्माण गरेर सुपरहिट बनाएको दिपकराज गिरी, दिपाश्री निर्रौला र निर्मल शर्माको टोलीले दोश्रो फिल्म निर्माण गर्ने भएको छ । दिपक, दिपा र निर्मलले निर्माण गर्ने फिल्मको नामाकरण ‘वडा नम्वर ६’ गरिएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2014-05-27, मंगलवार

अभिनेत्री झरना थापाले निर्देशन गर्ने फिल्म ‘ए मेरो हजुर २’ मा भुवन केसी पुत्र अनमोल केसी खेल्ने भएका छन् । बाउ र छोरा दुवैसँग फिल्म खेल्ने बारे मौखिक सहमती भैसकेको निर्देशक थापाले बताइन् ।

Results : 17731 - 17736 of 24017