मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

दमौलीमा जीवन लुइँटेलको विजय जुलुस

कृष्ण न्यौपाने, दमौली, 2014/07/24
विष्णुप्रसाद शर्मा आफ्नो विहेको लागि घर (गुल्मी) जान काठमाण्डौबाट निस्कन्छन् । उनले काठमाडौंदेखि गुल्मीसम्मको दूरी मोटरसाइकलमा पार गर्ने योजना बनाउँछन् र एकजना केटी साथी लिएर काठमाडौंबाट हानिन्छन् । 
 
 
पृथ्वीराजमार्ग अन्तर्गत पर्ने तनहुँको सदरमुकाम दमौलीमा आइपुगेपछि दमौलीमा लोकगीत प्रतियोगिता आयोजना भएको बारे उनले थाहा पाउँछन् । लोकगीतमा रुची राख्ने उनले प्रतियोगितामा भाग लिन्छन् र प्रथम स्थान हाँसिल गर्छन् । स्थानीय आयोजकले उनलाई सम्मानका साथै बाजागाजा सहित दमौली बजार परिक्रमा गराउँछ ।
 
माथिको यो घटना सत्य जस्तो लागेपनि वास्तविक घटना भने होइन । सावित्री खत्रीको निर्देशनमा तयार हुँदै गरेको नेपाली फिल्म ‘काफल पाक्यो’को दृश्यहरु हुन् । फिल्ममा अभिनेता जीवन लुईंटेलले विष्णुप्रसाद शर्माको भूमिका निभाएका छन् । 
 
 
‘जर्नी लभ स्टोरी’मा आधारित रहेर खत्रीकै निर्माण तथा निर्देशनमा बिहीबार दमौलीमा उक्त फिल्मको छायाङ्कन गरिएको छ । ‘काठमाडौंदेखि गुल्मीसम्मको यात्राको क्रममा हुने घटनालाई आधारित बनाएर फिल्म निर्माण गरिएको छ, 'आफ्नो अभिनय बारे खुलाउँदै अभिनेता लुइँटेल भन्छन्, ‘लोकगीत प्रतियोगितामा प्रथम भएपछि आयोजकले मलाई बजार परिक्रमा गराउँछन् । आज त्यसैको छायाङ्कन भएको छ ।’
 
आफूले खेलेको २९ वटा फिल्ममध्ये ‘काफल पाक्यो’ को पटकथा उत्कृष्ट लागेर यस फिल्ममा आबद्ध भएको लुइँटेलले बताए । अभिनेता लुइँटेल दमौली अहिलेसम्म तीन पटक आएका छन् । करिब १५ वर्षअघि एक विद्यालयमा आयोजना गरिएको राष्ट्रव्यापी कविता प्रतियोगितामा भाग लिन आएका लुइँटेल गत वर्षमात्र ‘जाउँ हिड पोखरा’ को छायाङ्कनका लागि दमौली आएका थिए । आदिकवि भानुभक्त र व्यासको नामले चिनिएको तनहुँ र दमौली निकै सुन्दर रहेको जीवनले प्रतिक्रिया दिए ।
 
 
१६ दिनदेखि सुरु भएको फिल्मको छायाङ्कन अबको एक महिनाभित्र सकिने निर्माता तथा निर्देशक सावित्री खत्रीले जानकारी दिइन् । उनका अनुसार फिल्मको छायाङ्कन दमौलीका साथै पोखरा, गुल्मी, पाल्पा, स्याङ्जा, मलेखु, काठमाडौं लगायतका स्थानमा गरिनेछ । ६० लाखको लगानीमा निर्माणाधिन यस फिल्ममा जीवन सहित बर्षा सिंह क्षत्री, भुवन केसी, उत्तम केसी, ध्रुब कोइराला, बालदीप राई, प्रदीप ढकाल लगायतको अभिनय रहेको छ ।