
यहि जेठ ३० गते रिलिज हुन लागेको प्रतिक्षित फिल्म 'मुखौटा'को नयाँ गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा अभिनेत्री निशा अधिकारीले आफ्नो मन बेहाल भएको भाव व्यक्त गरेकी छिन् ।

चैत्र २८ देखि प्रर्दशित फिल्म ‘नाईँ नभन्नू ल २’ ले गौरवमय ५१ औँ दिन मनाउन सफल भएको छ । आज शनिबार फिल्म प्रदर्शन भएको ५१ दिन पुग्ने भएपछि निर्माण युनिटले सफलताको खुसी बाँढ्दै छ ।

चर्चित फेसन डिजाइनर नीलिमा शर्माले काठमाण्डौको नयाँ बाँनेश्वरस्थित अल्फाविटा कप्लेक्समा 'नीलिमा फेशन स्टूडियो' संचालनमा ल्याएकी छिन् । ‘नीलिमा फेशन स्टूडियो’को नायिका करिश्मा मानन्धरले उद्घाटन गरिन् ।

दयाराम दाहाल निर्देशित फिल्म ‘मिसन फर ट्वान्टी’को प्रोमोले शहरमा शिक्षा हैन शरिर बिक्दो रहेछ भन्ने आशय प्रस्तुत गरेको छ । यो फिल्म असार ६ गते अल नेपाल प्रदर्शन हुँदैछ ।

यो साता नेपाली फिल्म हलमा नयाँ तथा पुराना गरी पाँच फिल्म प्रदर्शन छन् । गत साता प्रदर्शनमा आएका ‘हँसिया’ र मेरो ‘बेस्ट फ्रेन्ड’ले केही हलमा दोश्रो सातामा प्रदर्शन हुने अवसर पाएका छन् भने ‘मिस नेपाल’, ‘जोडी नम्बर १’ र ‘लुकी लुकी’ यो शुक्रबार प्रदर्शन भएका फिल्म हुन् ।

कलाकार राजाराम पौडेललाई पितृ शोक परेको छ । उनका ८५ वर्षिया पिताको शुक्रबार बिहान निधन भएको छ । नक्शाल निवासमा पौडेल पिताको निधन भएको हो ।

