अभिनेता आर्यन सिग्देलले फिल्म ‘पुर्नजन्म’ का लागि कपाल खौरिएका छन् । कुनै पनि फिल्मको लागि आर्यनले पहिलो पटक आफ्नो कपाल खौरिएका हुन् ।
.jpg)
कपाल खौरिएर व्रतबन्ध गरेको दृश्य यसै साता छायाँकन गरियो । ‘सम्झौता नै कपाल खौरिने गरी भएको थियो,’ फिल्म ‘पुर्नजन्म’ का प्रस्तुतकर्ता मोहनकृष्ण श्रेष्ठले भने, ‘आर्यनको साउन महिनामा फिल्मको सुटिङ छैन । त्यसले गर्दा कपाल खौरिन उसलाई सजिलो भयो ।’
पहिलो पटक कपाल खौरिएका आर्यन ‘पुर्नजन्म’मा पहिलो पटक आर्मीको भूमिकामा देखिदैंछन् । फिल्म ‘पुर्नजन्म’ मा आर्यन सिग्देललाई अहिलेसम्म नदेखिएको भूमिकामा देखिने प्रस्तुतकर्ता मोहनकृष्णको दाबी छ ।
छायाँकन समापन भैसकेको फिल्म ‘पुर्नजन्म’मा आर्यनसँगै केकी अधिकारी, गजित विष्ट र सुस्मिता शाहीको मुख्य अभिनय छ । चन्द्र बहादुर शाही र शिव प्रसाद चौलागाइँको लगानी रहेको फिल्मलाई सजन श्रेष्ठले निर्देशन गरेका हुन् । फिल्मको प्रदर्शन मिति तोकिएको छैन ।

