Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 5.00/5.00)
Text size:-
+
-

`सम्बोधन` प्रेसमिटमा सञ्चार मन्त्रीको सम्बोधन

फिल्मीखबर, काठमाण्डौ, 2014/07/27

सूचना तथा सञ्चारमन्त्री डा. मिनेन्द्र रिजालले भदौ ६ गते अल नेपाल प्रदर्शनमा आउने फिल्म ‘सम्बोधन’लाई सफलताको शुभकामना दिएका छन् । फिल्मको गीत तथा ट्रेलर हेरेपछि कुमारी हलमा नेपाल सरकारका प्रवत्ता समेत रहेका मन्त्री रिजालले यो फिल्मले सफलता पाउने समेत विश्वास व्यक्त गरे ।

 

 

 

नेबिसं पूर्व केन्द्रिय सदस्य सरोज न्यौपानेद्धारा निर्मित फिल्म ‘सम्बोधन’ को पहिलो प्रेस मिटमा प्रमुख अतिथ्य पाएका मन्त्री रिजालले नेपाली फिल्म, नेपाली कलाकार र विदेशमा रहेका नेपालीको योगदान बारे करिब पाँच मिनेटको मन्तव्य दिए । पहिला जस्तो एउटा फिल्म खेलेर पलायन हुनु पर्ने अवस्था नेपाली कलाकारको नरहेको मन्त्री रिजालले औंल्याए । कलाकार मैत्री देखिएका मन्त्री रिजालले भने, ‘नेपाली फिल्म क्षेत्रमा एउटा फिल्म खेलेर वर्षौ हराउने प्रवृत्तिले मुक्ति पाउँदैछ । यो खुसीको कुरो हो ।’

 

व्यवसायिक बाटो तर्फ लम्किरहेको नेपाली फिल्म क्षेत्र जस्तै हरेक व्यक्तिलाई व्यवसायमा आवद्ध हुन समेत मन्त्री रिजालले आग्रह गरे । उनले भने, ‘नेपाललाई समृद्धि बनाउने हो भने हरेक व्यक्ति व्यवसायमा लाग्न आवश्यक छ । पत्रकार ज्युहरुलाई यो कुरालाई महत्वका साथ सम्प्रेषण गर्न अनुरोध गर्दछु ।’ त्यस्तै मन्त्री रिजालले नेपालको आर्थिक समृद्धि र नेपाली फिल्म क्षेत्रको हितको लागि विदेशमा रहेका ३० लाख बढी नेपालीले योगदान रहेको कुरालाई उदाहरण्को रुपमा पेश गरे ।

 

 

मन्त्री रिजालले भने, ‘रेमिट्यान्स भित्र्याउने नेपालीले पारिश्रमीक दिएर नै नेपाली कलाकारलाई कार्यक्रमको लागि विदेशमा बोलाउने गरेका छन् ।’ चिनिएका कलाकारहरु नम्रता श्रेष्ठ र दयाहाङ राईको अभिनय रहेका कारण पनि फिल्म ‘सम्बोधन’ ले दर्शकको साथ पाउने मन्त्री रिजालले विश्वास व्यक्त गरे । नेपाली समाजलाई फिल्म ‘सम्बोधन’ ले सकारात्मक सन्देश दिनमा मन्त्री मन्त्री रिजाल विश्वस्त देखिए ।

 

 

त्रिचन्द्र क्यापसका स्ववियु सभापती विनय भट्टले फिल्म ‘सम्बोधन’ मार्फत नायकको रुपमा डेव्यु गरेका छन् । नम्रता, दयाहाङ, र विनयको साथमा फिल्ममा प्रशान्त ताम्रकार, सुलेमान शंकर लगायतको मुख्य भूमिका छ । ‘सम्बोधन’ लाई रामेश्वर कार्कीले खिचेका हुन् । निर्देशक हेमराज विसीले फिल्म ‘सम्बोधन’ लाई ‘प्याट्रियोटिक थिल्रर’ रहेको बताए ।

Most Visited News (monthly)