
'मिन्स्क अनलाइन फिल्मीखबर अवार्ड (ओफा) २०७१' यहि जेठ २६ गते एक भव्य समारोहका विच सम्पन्न हुँदैछ । उक्त समारोह सञ्चालन चार चर्चित सेलिब्रेटीले गर्नेछन् ।

प्रचारप्रसारको क्रममा नेपाली फिल्म ‘मुखौटा’को टोली पोखरा आईपुगेको छ । पोखरा आईपुगेको टोलीले पोखराको विभिन्न कलेजका विद्यार्थीहरुसँग भेटघाट गरी जेठ ३० गते देखि देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्मको प्रचार गर्यो ।

असार २७ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘नागबेली’को प्रोमो सार्वजनिक गरिएको छ । नृत्य निर्देशक गोविन्द राई निर्देशित यो फिल्म विदेश जान बाध्य युवाहरुको संघर्षको कथामा आधारित छ ।

वर्ष ०७० सालमा ‘आधी बाटो’ फिल्म दिएकी अभिनेत्री जेनिसा केसी ०७१ सालमा ‘काले’ फिल्म मार्फत दर्शकसामु आउँदै छिन् । ‘आधी बाटो’ की हट गर्ल जेनिसा ‘काले’ फिल्ममा भने साधारण युवतीको रुपमा प्रस्तुत हँदैछिन् ।

अङग्रेजी नामको फिल्म ‘फिङगर प्रिन्ट’को मंगलबारदेखि छायाँकन सुरु भएको छ । नविन निर्रौलाले निर्देशन गर्ने यो फिल्म मेडिकल साइन्ससँग सम्बन्धित छ । ‘फिङगर प्रिन्ट’ बारे निर्देशक निर्रौलाले भने, ‘संसारमा एउटा यस्तो रोगको औषधी पत्ता लागेको छ जुन रोगको औषधी सेवनबाट मानिसको फिङ्गर प्रिन्टस् हराउँछ ।’

फिल्म ‘सेफ ल्यान्डिङ’ अष्ट्रेलियाको सिड्नी शहरमा प्रिमियर हुने भएको छ । यो फिल्म आउँदो अगस्टको ९ तारिखमा प्रिमियर हुनेछ । लगत्तै यो फिल्मको १० तारिखमा पनि शो हुने निर्माता बसन्त भण्डारीले दिए ।

