राजनीतिक दाउपेच माथि फिल्म निर्माण हुने भएको छ । ‘षडङ्ग’ नाम दिएर सुरज सुनुवारले राजनीतिक दाउपेचवाला फिल्मको निर्माण एवं निर्देशन गर्ने भएका हुन् । राजनीतिमा ‘षडङ्ग’ को अर्थ आक्रमण, सन्धी, तटस्थता, विग्रह, शरण र ढुकाइ लाग्ने गर्दछ ।
निर्देशक तथा निर्माता सुरज सुनुवारका अनुसार ‘षडङ्ग’ ग्याङस्टार फिल्म हो जहाँ अनुप बराल, सौगात मल्ल र प्रियंका कार्की मुख्य भूमिकामा निभाउने छन् । फिल्मको आउँदो आईबारदेखि वर्कसप चल्दैछ । तीन साताको वर्कसपपछि भदौ १ गतेबाट ‘षडङ्ग’ को सुटिङ सुरु हनेछ ।
लुमिनियस पिक्चर्सको प्रस्तुती रहने ‘षडङ्ग’ को एउटा गीत बाहेक बाँकी पूरै छायाँकन काठमाण्डौमा हुनेछ । एउटा गीत छायाँकनको जाने निर्माता एवं निर्देशक सुुनुवारले बताए । फिल्म ३५ दिन भित्र खिचिसक्ने तालिका छ । नरेन्द्र मैनाली ‘षडङ्ग’ का छायाँकार हुन् । सनिस सुनुवार र सुरेन्द्र कार्कीको संगीत दिएको ‘षडङ्ग’ का अन्य प्राविधिक पक्का हुन बाँकी छ ।

