सक्रिय रुपमा फिल्ममा आवद्ध नायिकाहरु बिहेपछि पलायनको सुचीमा पर्न आउँछन् । फिल्मको सक्रियतालाई बिहेले नायकहरुलाई त्यति असर नगर्ने उदाहरण छ । तर, अभिनेता राजेश हमाल बिहेपछि एउटा पनि फिल्मको सुटिङमा देखिएका छैनन् ।
बिहेपछि राजेशले अभिनय गरेको फिल्मको संख्या शून्य छ । मिलन चाम्स निर्देशित एउटा म्युजिक भिडियोमा बाहेक राजेहलेशले फिल्ममा अभिनय गरेका छैनन् ।बिहेपछि राजेशलाई फिल्मको प्रस्ताव नै आएन या प्रस्तावलाई राजेशले स्विकार गरेनन् ? राजेशका सहयोगीले दिएको जानकारी अनुसार बिहेपछि फिल्मको प्रस्ताव आएको थियो । तर, राजेशले भूमिका चित्त नबुझेको भन्दै प्रस्तावित फिल्ममा खेल्ने सम्झौता गरेनन् ।
बिहेपछि राजेश अभिनित फिल्म ‘मुखौटा’ प्रदर्शनमा आएको थियो । जुन फिल्मले अपेक्षाकृत व्यापार गर्न सकेन । बिहे पूर्व प्रदर्शनमा आएको राजेश अभिनित ‘हँसिया’ फिल्मले पनि सोचे अनुरुपको व्यापार सकेको थिएन । पात्र छनोटलाई ध्यान दिइएका फिल्मको कमजोर व्यापारले त राजेशले फिल्म खेल्न कम गरेका होइनन् ?
जे होस् चित्त बुझ्दो भूमिकाको पर्खाइमा रहेका राजेशले केही सातामै नयाँ फिल्म खेल्ने सम्झौता गर्दैछन् । जहाँ राजेशको भूमिका बुलन्द हुनेछ ।

