
गायक तथा नायक यश कुमारलाई मातृ शोक परेको छ । यशको ८१ वर्षीय आमाको शुक्रबार बिहान निधन भएको हो । ‘व्रेन ह्याम्ब्रेज’ भएपछि तीन दिन अगाडी यश आमालाई विर अस्पतालको आइसियुमा भर्ना गरिएको थियो ।

अनलाइन मार्फत सम्पूर्ण फिल्म क्षेत्र र फिल्म क्षेत्रसँग सम्वद्ध सत्य तथ्य समाचार प्रकाशन गर्दै आइरहेको फिल्मीखबर डट कम (www.filmykhabar.com) यही जेठ २६ गतेबाट छैठौं वर्षमा प्रवेश गर्दैछ । आगामी दिनहरुमा पनि फिल्म क्षेत्रसँग सम्बन्धित सत्य तथ्य समाचारलाई प्रकाशन गर्ने कार्यमा हामी निरञ्तर रुपमा लागि रहने छौं ।

अभिनेत्री नम्रता श्रेष्ठले यसपटकको विश्व वातावरण दिवस केन्द्रिय बहिरा उच्च माध्यमिक स्कुलका बहिरा विद्यार्थीहरुसँग मनाएकी छिन् । बिहीबार बालमन्दिरस्थित केन्द्रिय बहिरा उच्च माध्यमिक स्कुलमा चिया गफ टिमले आयोजना गरेको ‘पानी रंग चित्रकला प्रतियोगिता’मा उत्कृष्ट हुने रोशनकुमार श्रेष्ठलाई अभिनेत्री नम्रता श्रेष्ठले पुरस्कार प्रदान गरिन् ।

सार्क फिल्म फेस्टिभलमा फिल्म ‘झोला’बाट सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड पाउन सफल अभिनेत्री गरिमा पन्तलाई राष्ट्रपति रामवरण यादवले बधाई दिएका छन् । गरिमालाई बिहिबार राष्ट्रपति भवन शितल निवासमा डाक्दै राष्ट्रपतिले बधाई दिएका हुन् ।

ड्रेस डिजाइनर मार्टिन खानले निर्माता हरी महत विरुद्ध महानगरीय प्रहरी प्रभाव हनुमानढोकामा निवेदन दर्ता गराएका छन् । उनले मंगलबार हनुमानढोकामा ज्यानको सुरक्षा गरी पाऊँ भनी निर्माता महत विरुद्ध निवेदन दर्ता गराएका हुन् ।

अभिनेत्री रेखा थापाको निर्माण, निर्देशन एवं अभिनय रहेको फिल्म ‘हिम्मतवाली’ ले सोलो रिलिजको सम्भावना गुमाउने अवस्था छ । असोज १५ गते रेखाको ‘हिम्मतवाली’सँगै ‘एउटा साथी’ फिल्म प्रदर्शनमा आउने भएको छ ।

