मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कवि जीवनले जब गीत गाए...

फिल्मीखबर, काठमाठौं, 2014/07/31

नायक जीवन लुइँटेल फिल्म ‘शीशा’को प्रेसमिटमा परिचय विपरित प्रस्तुत भए । बागबजारस्थित एक भवनमा आयोजित प्रेसमिटमा नायक लुइँटेलले कविता वाचन गरेनन् । सदा पत्रकार भेटघाटमा कविता फुराउने जीवनले यहाँ भने शीशाकै ‘मखमली नयनसँगै’ बोलको गीत गाएर सुनाए । यद्यपि प्रेस मिटमा जीवनलाई कविता सुनाउने आग्रह थियो ।

 

फिल्म ‘काफल पाक्यो’ को सुटिङ व्रेक गरेर ‘शीशा’को प्रेसमिटमा सहभागी भएका जीवनले आफ्नो भूमिका र फिल्मबारे भने, ‘फिल्म शीशा शीशा जस्तै चम्किलो छ । शीशाले दर्शकलाई मनोरञ्जन दिन्छ । फिल्ममा सुन्दर दृश्य र मिठा संगीत समावेश छन् ।’ ‘शीशा’ व्यावसायिक फिल्म बनेको जीवनको भनाई थियो । जीवनसँगै ‘शीशा’मा अर्का नायक निर्मल सेन्चुरी अनि नायिकाद्धय उमा बेवी र रागिनी खड्गीको पनि अभिनय छ । प्रेसमिटमा निर्मल, उमा र रागिनी सहभागी भएनन् ।

 

निर्देशक आरवीके शरदले फिल्म ‘शीशा’लाई मानवीय संवेदनासँग जोडिएको बताए । उनले भने, ‘शीशा फुट्छ कि चम्किन्छ फिल्म हेरेर प्रतिक्रिया दिनुहोला । यो फिल्म मानवीय संवेदनासँग जोडिएको छ ।’ त्यस्तै अभिनेत्री शर्मिला मल्लले फिल्म ‘शीशा’मा फरक किसिमको भूमिका निभाएको बताइन् । उनले भनिन्, ‘अहिलेसम्म नगरेको भूमिका शीशामा गरेको छु । कुनै पनि निर्माता निर्देशकले मलाई शीशाको जस्तो भूमिकामा उभ्याउने आँट गरेका थिएनन् ।’ कस्तो भूमिका ? भन्ने बारे भने अभिनेत्री मल्लले खुलाइनन् । फिल्म ‘शीशा’मा भारतीय फुलबलर भाइचुङ भुटियाको पनि अभिनय छ ।

 

यही साउन २३ गते देशभरबाट प्रदर्शनमा आउने फिल्म ‘शीशा’लाई निर्देशक आरविके शरद सहित मधुसुदन ढकाल, अजिता सुमार्गी, महेश ढुंगेल, विराट थापा मिलेर बनाएका हुन् । फिल्ममा संगीत लक्की सिटौला र मनोज सिंहको छ । अष्ट महर्जनको द्धन्द्ध निर्देशन रहेको ‘शीशा’लाई राजकुमार केसी र कुमार वखतीले खिचेका छन् । फिल्मलाई कृष्ण आचार्यले लेखेका हुन् ।