मिति : २०८१ वैशाख १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

‘रामलीला’मा वर्षा

फिल्मीखबर, , 2014/07/31

विकास आचार्य कृत ‘नाइँ नभन्नू ल २’ मा सह नायिकाको भूमिका निभाएकी वर्षा सिवाकोटी फिल्म ‘रामलीला’मा शीर्ष भूमिकामा देखिने भएकी छिन् । उनले फिल्ममा लिलाको भूमिकामा अभिनय गर्नेछिन् । आरविके शरदले निर्देशन गर्ने फिल्म ‘रामलीला’ मा रामको भूमिका भने जिवन लुइँटेलले गर्नेछन् ।



फिल्म ‘शीशा’को प्रेसमिटमा ‘रामलीला’ निर्माणको औपचारिक घोषणा समेत गरियो । ‘रामलीला’ लाई ‘शीशा’का निर्माता तथा नयाँ निर्माताले मिलेर लगानी गर्नेछन् । ‘रामलीला’मा आवद्ध हुने अन्य कलाकार तथा प्राविधिकको भने टुंगो लाग्न बाँकी रहेको कार्यक्रममा जानकारी गराईयो । निर्देशक शरदले भने, ‘जिवन र वर्षा फाइनल हुन् अरु कलाकार तथा प्राविधिक चाँडै फाइनल गर्नेछौं ।’



वर्षाले ‘रामलीला’मा अभिनय गर्ने अवसर पाएकोमा खुसी व्यक्त गरिन् । उनले भनिन्, ‘नाईं नभन्नू २ मा छोटो भूमिका गरेकी थिएँ, रामलीलामा शीर्ष भूमिका निभाउन पाएकी छु । मलाई खुसी लागेको छ ।’ अभिनेता जिवन लुँइटेलले ‘रामलीला’मा हुने रासलीलाको पर्खाइमा रहेको बताए । फिल्मको छायाँकन समय अनुकुल पारेर गरिनेछ ।