मिति : २०८१ वैशाख १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आइटम नन्दिता !

फिल्मीखबर, काठमाडौं, 2014/07/31

नेपाली फिल्म नन्दिता केसीको परिचय शालिन युवतीको भूमिका निभाउने युवतीको रुपमा स्थापित छ । फिल्ममा उनले विरलै भद्वा र उत्तेजक भूमिका निर्वाह गरेकी छिन् । तर करियरको उत्तराद्र्वमा आएर सायद यो छवि तोड्ने ध्याउन्नमा छिन् । त्यही भएर होला आफ्नो एक दशक लामो फिल्म करिअरमा अभिनेत्री केसी पहिलो पटक आइटम गीतमा प्रस्तुत भएकी छिन् ।

 

नन्दिताले ‘जंगबहादुरको कोट’ फिल्मका लागि आफूलाई ‘हट’ देखाएकी हुन् । ठमेलको एक बारमा उनले ‘आई निड योर लभ बेबी’ भन्दै आफ्नो नयाँ रुप प्रस्तुत गरेकी हुन् । ठमेलमा सुटिङ गरिएको गीतलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् भने नन्दितालाई आइटममा नचाउने काम गम्भिर बिष्टले गरेका हुन् ।  फिल्म आशिष भेटवालको निर्देशनमा बनिरहेको छ । जंगबहादुरको कोटलाई सांकेतिक रुपमा प्रयोग गरी निर्माण भएको फिल्मको ३० प्रतिशत सुटिङ अष्ट्रेलियामा र बाँकी सुटिङ नेपालमा गरिएको हो ।  १० दिनमा नेपालको सुटिङ सकिने निर्देशकले जानकारी गराए ।


फिल्ममा विमलेश अधिकारी, अनुप बराल, विश्व बस्नेत, सुचित्रा आचार्य, सुवांगी कोइराला, मोहन निरौला, रश्मि भट्ट आदिको अभिनय रहेको छ । नायिका केसीले गीतको कन्सेप्ट मन परेकाले पहिलो पल्ट आइटम गीतका लागि राजी भएको बताइन् । ‘शब्द संगीत राम्रो छ र गीतलाई प्रस्तुत गर्ने कन्सेप्ट पनि मन परेकाले नृत्य गरेकी हुँ । राम्रै हुन्छ भन्ने आश गरेकी छु,’ नन्दिताले भनिन् । योगेन खड्काको कथा आशिष भेटवालको पटकथा र जयन खड्काको लगानी रहेको फिल्मले ड्रक्सलाई विषय बनाएको छ ।