Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 17677 - 17682 of 24017
फिल्मीखबर, काठमाण्डौ, 2014-06-10, मंगलवार

सिजी इन्टरटेनमेन्टसँगको सहकार्यमा सिने मासिक कामनाले यस वर्षबाट आयोजना गर्न लागेको कामना फिल्म अवार्ड्सका लागि आवेदन खुला गरिएको छ । आयोजक कामना मासिकले अवार्डमा सहभागी हुनका लागि २०७० साल वैशाख १ गतेदेखि चैत्र मसान्तसम्म प्रदर्शित नेपाली फिल्मलाई आवेदन गर्न आब्हान गरेको हो ।

फिल्मीखबर, काठमाण्डौ, 2014-06-10, मंगलवार

जेठ २६ गतेबाट अभिनेता राजेश हमाल ५० वर्षमा प्रवेश गरेका छन् । राजेशले आफ्नो ५० औं जन्मदिन अष्ट्रेलियाको सिड्नीमा सेलिब्रेट गरे । आयोजक संस्था नेपाली टच इभेन्टले अभिनेता हमालकै जन्मदिनलाई लक्षित गरेर अष्ट्रेलियामा ‘गोल्डेन जुब्ली अफ् राजेश हमाल’ को आयोजना गरेको हो ।

फिल्मीखबर, काठमाण्डौ, 2014-06-10, मंगलवार

जेठ ३० गते शुक्रबार रिलिज हुने फिल्म ‘मुखौटा’ सेन्सर पास भएको छ । चलचित्र जाँच पास समितिले यो फिल्मलाई एडल्ट प्रमाणपत्र उपलब्ध गराएको छ । एडल्ट प्रमाणपत्र प्राप्त ‘मुखौटा’ लाई १६ वर्ष भन्दा मुनिका बालबालिकाले हेर्न पाउने छैनन् ।

फिल्मीखबर, काठमाण्डौ, 2014-06-10, मंगलवार

 ‘मिन्स्क अनलाइन फिल्मीखबर अवार्ड (ओफा) २०७१’मा भने हाँस्यकलाकार सिताराम कट्टेलको कमेडीले वाहवाही बटुल्यो । हाँस्य सिरियल ‘मेरी बास्सै’मा ‘मुस्कान पासा’को भूमिकामा सितारामले एक दर्शकको रुपमा स्टेजमा फर्ममेन्स धेरै नायक नायिका रातोपिरो भएका थिए । कतिपयले उनको कमेडीलाई ‘डर्टी कमेडी’को संज्ञा पनि दिए । तर अवार्ड हलको एकोहोरो हाँसोको फोहोराले मुस्कान पासाको कमेडीमा धेरैको समर्थन रहेको प्रष्ट हुन्थ्यो । 

 
फिल्मीखबर, काठमाण्डौ, 2014-06-10, मंगलवार

बाल प्रेमकथामा आधारित फिल्म ‘नाईं नभन्नु ल २’ सोमबार राजधानीमा आयोजना गरिएको ‘मिन्स्क अनलाइन फिल्मीखबर अवार्ड (ओफा) २०७१’मा बर्ष ०७० को पपुलर फिल्म घोषित भयो । यस्तै यहि फिल्मबाट निर्देशक विकास आचार्य बर्ष पपुलर निर्देशक ठहरिए ।

फिल्मीखबर, काठमाण्डौ, 2014-06-08, आईतवार

फिल्म ‘वान वे’को शीर्ष गीत सार्वजनिक भएको छ । फिल्मका कलाकार एवं गायक रविन तामाङले नै गाएको गीतमा उनलाई नै फिचरिङ गरिएको छ । यो गीतमा रविन एन्ड द न्यू रिभोलुसनको संगीत छ ।

 

Results : 17677 - 17682 of 24017