Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

छैन बिहेलाई समय

फिल्मीखबर, काठमाडौं, 2014/07/31

‘राजनीति’ अभिनेत्री कोमल वलीको बिहेको बेला घर्की सक्यो । यद्यपि कोमल आफूले गाउने गीतमा प्रेम र विवाहका प्रसङ्ग उक्काउन छोड्दिनन् । यो कुराको निरन्तरता उनले आफ्नो नयाँ गीतमा पनि दिएकी छिन् ।  यो वर्षको तीजमा आउने ‘हल्ला भो शिवजी तिम्रो मेरो माया प्रेमको’ बोलको गीतमा पनि उनले शिवजीसँग प्रेम परेको प्रसङ्गलाई उल्लेख गरेकी छिन् ।

 

बिहे कहिले गर्ने ? भन्ने प्रश्न राजेश हमाल पछि अब कोमल वलीतिर फर्किएको छ । प्रायः मिडियाले सोध्ने यो प्रश्नमा कोमलको उत्तर छ, ‘बिहे गर्ने फुर्सद नै छैन ।’ तीज गीतमा माया, प्रेमका हल्ला चलाएकी कोमलले वास्तविक जीवनमा भने अब प्रेम अनि बिहेको सम्भावना सकिएको बताउन थालेकी छिन् ।


उसो त कोमलको जोडी अभिनेता राजेश हमालसँग सुहाउँछ भनेर मिडियाले एक समय अखबारका हेडलाइन रङ्गाएका थिए । तर तिनै  राजेशले आफ्नो बिहेमा कोमललाई निम्ता सम्म गरेनन् । फिल्म ‘राजनीति’ मा कोमलले राजेशसँग जोडी जमाएकी थिइन् ।


कोमल भन्छिन्, ‘मैंले बिहे गरे भने त सबैलाई निम्ता दिन्छु ।’ तर, बिहे चाहिं कहिले हुन्छ त ? कोमल हाँस्दै भन्छिन्, ‘भर्खर त शिवजीसँग माया प्रेमको हल्ला चलेको छ । बिहे हुन त समय लाग्ला नि १’
 

Most Visited News (monthly)