
'मिन्स्क अनलाइन फिल्मीखबर अवार्ड (ओफा) ०७१'का पपुलर अभिनेता र दयाहाङ राई र अभिनेत्री प्रियंका कार्कीलाई पूर्व प्रधानमन्त्री एवं एमाओवादीका शिर्ष नेता बाबुराम भट्टराईले बधाई दिएका छन् । ओफा अवार्ड सम्पन्न भएको भोलीपल्ट मंगलबार मोबाइलमा सन्देश पठाउँदै बाबुरामले ओफा पपुलर दयाहाङ र प्रियंकालाई बधाई ज्ञापन गरेका हुन् ।

यतिबेला फिल्म नगरीमा अभिनेता श्रीकृष्ण श्रेष्ठ र अभिनेत्री श्वेता खड्काको बिहेको चर्चा छ । श्रीकृष्ण र श्वेताको बिहेको चर्चासँग मिसिएर फिल्म ‘कोहिनुर’ पनि आएको छ । त्यसैले यी दुईको बिहे प्रसंगले फिल्मको प्रचार प्रसारलाई फाइदाजनक हुने देखिएको छ ।

भदौ ६ मा नम्रता श्रेष्ठको मुख्य भूमिका रहेको ‘ताण्डव’ र ‘जिन्दावाद’ प्रदर्शन हुने भएको छ । उक्त मिति नम्रता भर्सेस नम्रता हुनेछ ।

अभिनेता गजित विष्ट, कोरियोग्राफर गम्भिर विष्ट र अभिनेत्री निष्मा घिमिरेको सामुहिक नृत्य प्रस्तुतीले पनि ओफा अवार्डको माहोललाई गर्माएको थियो । गजित, गम्भिर र निष्माको संयुक्त नृत्यले सहभागीबाट गडगडाहट ताली पाउन सफल भयो । यी तीनको लागि त्यो भन्दा बढी ताली र हाँसोको पर्रा त्यतीबेला छुट्यो जतिबेला कार्यक्रम सञ्चालक सुशिल नेपालले पारिवारिक नृत्य भन्दै प्रशंसा गरिदिए ।

'मिन्स्क अनलाइन फिल्मीखबर अवार्ड (ओफा) २०७१'बाट वर्ल्ड प्रिमियर गरिएको फिल्म 'स्टुपिड मन'को गीत यूट्यूबबाट रिलिज गरिएको छ । भाद्र २० गते रिलिज हुने यो फिल्ममा अभिनेता जीवन लुईटेल र नव अभिनेत्री चाँदनी शर्माको अभिनय छ ।

एक्सन र लभस्टोरी दुवैलाई समेटेर निर्माण हुन लागेको फिल्म ‘अखडा’ आगामी जेठ २९ गतेबाट सुटिङका लागि फ्लोरमा जाने भएको छ । इञ्जोय मुभिजको व्यानरमा आशिककुमार ठाकुरले निर्माण गर्न लागेको फिल्ममा पप गायक योगेश्वर अमात्य खलनायकको भूमिकामा देखिने भएका छन् ।

