मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(15 votes, avg 5.00/5.00)
Text size:-
+
-

नम्रताको दस दिने चुनौति

फिल्मीखबर, काठमाडौं, 2014/07/31

अभिनेत्री नम्रता श्रेष्ठले सय जना युवालाई दस दिने चुनौतिका लागि अगाडि आउन आग्रह गरेकी छिन् । बिहीबार शिक्षा नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा शिक्षा नेपालको सद्भावना दुत नायिका नम्रता श्रेष्ठले ‘१०० जना युवाहरुलाई १० दिने चुनौति’ नामक अभियानको घोषणा गर्दै किताब संकलन गर्ने चुनौतिका लागि अग्रसर हुन आग्रह गरिन् । 

 

‘एक किताब’ अभियानमार्फत् नेपालका बालबालिकाहरुमाझ पठन संस्कृतिको विकसित गर्दै आएको शिक्षा नेपालले युवाहरुलाई लक्षित गर्दै ‘१०० जना युवाहरुलाई १० दिने चुनौति’ नामक अभियानको नम्रताले बिहीबार औपचारिक घोषणा गरेकी हुन् ।

 

सन् २०१४ को अगस्ट १ देखि १० तारिखसम्म सञ्चालन हुने उक्त १० दिने अभियानमा १०० जना युवाहरु राजधानीमा १० सिर्जनात्मक कार्यक्रम गर्दै किताब संकलन तथा कोष बृद्धि चुनौतिमा सहभागी हुनेछन् ।

 

ती युवाहरुलाई साथ दिन शिक्षा नेपालका सद्भावना दुतहरु नम्रता श्रेष्ठ माल्भिका सुब्बा, प्रियंका कार्की, निशा अधिकारी, सदिक्षा श्रेष्ठ, विजय लामा, दयाहाङ राई, सविना कार्की, अमर न्यौपाने, राज ज्ञवाली, समिरमणी दिक्षित, प्रशान्त सिंङ, मनिश झा लगायतका ब्यक्तित्वहरु पनि सहभागी हुनेछन् ।

 

उक्त अभियानबाट संकलित किताबहरु ‘एक किताब’ अभियानमार्फत् ४० ओटा सरकारी विद्यालयमा अध्ययनरत बालबालिकाहरुको हातमा पु¥याईने नम्रताले जानकारी गराइन् ।