
पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले नयाँ शक्ति निर्माणको लागि कलाकारलाई भेला पारेका छन् । आफ्नो जन्मदिनको अवसर पारेर पूर्व प्रधानमन्त्री भट्टराईले असार ४ गते बुधबार साँझ सानेपास्थित ग्रीनविच होटलमा नयाँ शक्ति निर्माण बारे दर्जन बढी कलाकारसँग अनौपचारिक अन्र्तक्रिया गरे ।

यो शुक्रबार एउटा मात्रै नेपाली फिल्म प्रदर्शनमा आउँदैछ । दयाराम दाहाल निर्देशित ‘मिसन फोर ट्वान्टी’ काठमाण्डौं र मोफसलको पर्दामा एकसात प्रदर्शन हुनेछ ।

अभिनेत्री नम्रता श्रेष्ठको व्यस्तता बढ्दो छ । ‘नोभेम्वर रेन’ को व्यवसायिक सफलताबाट हौसिएकी नम्रताले सुटुक्क एउटा फिल्मको छायाँकन सकेकी छिन् । प्रशान्त रसाईली निर्देशित फिल्मको दार्जीलिङमा छायाँकन सकेर नम्रता यसै साता मात्रै काठमाण्डौ फर्किएकी छिन् ।

अभिनेत्री ऋचा सिंह ठकुरी पनि विवाह बन्धनमा बाँधिने भएकी छिन् । अष्ट्रेलियाका एनआरएन गजेन्द्रराज थापासँग ऋचाले बिहे गर्ने भएकी हुन् । विराटनगरका स्थायी थापासँग ऋचाको यही असार ६ गते शुक्रबार प्रेमपछिको मागि बिहे हुँदैछ ।

‘झोला’ फिल्मले अभिनेत्री गरिमा पन्तलाई फिल्म क्षेत्रमा नपाएको सफलता दिलायो । सती प्रथाको यो फिल्म व्यवसायिक रुपमा सफल भएपछि गरिमा एकाएक चर्चामा आइन् ।

अभिनेता श्रीकृष्ण श्रेष्ठले निर्माण गरेको ‘कहाँ भेटिएला’ले कमालकै व्यावसाय गर्यो । 'कहाँ भेटिएला’ को अपार सफलता पछि श्रीकृष्ण ‘कोहिनूर’ लिएर आएका छन् । ‘कहाँ भेटिएला’ जोडी श्रीकृष्ण श्रेष्ठ र श्वेता खड्का दोहोरिएको ‘कोहिनूर’ आउँदो साउन २३ गते अल नेपाल प्रदर्शन हुँदैछ ।

