Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सेन्सर पास भयो `बाह्र नेपाली एक चिहान`

फिल्मीखबर, काठमाडौं, 2014/08/13

सेन्सर अवरोध खेपेको फिल्म बाह्र नेपाली एक चिहान अन्ततः सेन्सर बोर्डले पास गरेको छ । बुधबार चलचित्र बिकास बोर्डमा सेन्सर सदस्यले फिल्म हेर्दै फिल्मलाई सार्वजनिक प्रदर्शनीका लागि अनुमति दिएका छन् । निर्देशक अरुण प्रधानले फिल्म पिजी सर्टिफिकेट पाएको जानकारी गराए ।

 


‘फिल्ममा राखिएको अमेरिकाको झण्डाका दृश्यलाई हटाउने बाहेक अरु कुनै दृश्यमा आपत्ति जनाउनु भएको छैन । फिल्ममा भएका हिंसाका दृश्यका कारण फिल्मले पिजि पाएको हो,’निर्देशक अरुण प्रधानले भने । २०६१ साल भदौ १५ मा इराकमा मारिएका १२ जना नेपालीको कथामा आधारित बाह्र नेपाली एक चिहानलाई यसअघि सन्चार मन्त्रालयले सेन्सर सिफारिस नगर्न चलचित्र विकास बोर्डलाई आग्रह गरेर पत्र लेखेको थियो ।

 

सन्चार मन्त्रालयको त्यही पत्रका आधारमा चलचित्र विकास बोर्डले फिल्मको सेन्सर सिफारिस गरेको थिएन । इराकमा मारिएका परिवारले फिल्मको सार्वजनिक प्रदर्शनमा आपत्ति जनाएको भन्दै सन्चार मन्त्रालयले यस्तो आदेश दिएको थियो ।

 


अरुण प्रधानले भने परिवारको स्विकृति लिएर नै फिल्म बनाएकाले सेन्सरले बिना कारण दुःख दिएको र चाँडै सेन्सर नगरे अदालत जाने बताउँदै आएका थिए । तर बुधबारको निर्णले आफूलाई राहत भएको अरुणले बताए । अब फिल्मको सार्वजनिक प्रदर्शनका लागि छलफल गर्ने अरुणले जानकारी गराए ।

 

फिल्ममा राजन खतिवडा, जतिन ताम्राकार, रविन्द्र झा, विक्रम सिंह, उत्तम जंग लिम्बु, राम भजन कामत, सुशील थापा मगर, घनश्याम मिश्र, निरञ्जन मेहता, सोनु जयन्ति लगायतका कलाकारको अभिनय छ । फिल्मका निर्माता संगीता प्रधान, रबिन श्रेष्ठ, रबिन राई र भाईसन बर्देवा हुन् ।

Most Visited News (monthly)