Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`निशानी`ले थाल्यो नेपाल टुर

फिल्मीखबर, काठमाडौं, 2014/08/13

भदौ २७ लाई प्रदर्शन मिति तोकेको फिल्म ‘निशानी’ले बुधबारदेखि नेपाल टुर थालेको छ । निर्देशक विनोद सेरेङले पोखराबाट नेपाल टुरको थालनी गर्ने जानकारी गराए । ‘बिहीबार पोखरामा फिल्मको प्रचार प्रसार गरेर त्यहाँबाट पूर्वको यात्रा थाल्छौै । पूर्वमा धरान, बिर्तामोड जस्ता ठाउँमा पुगेर फिल्मको प्रचार गरेपछि पहिलो चरणको प्रमोसन टुर सकिन्छ । अर्को चरणकालागि भने फेरि सल्लाह गरेर जुट्छौं,’ निर्देशक सेरेङले भने ।


यात्रामा नायक गायक प्रशान्त तामाङ, गायिका नायिका बिष्णु चेम्जोङ , नायिका अनु गुरुङ, अभिनेता तथा निर्माता प्रेम सुब्बा निर्माता सरोज भण्डारी साथ रहेको सेरेङले जानकारी गराए । प्रशान्त तामाङ कन्सर्टहरुमा व्यस्त हुने भएकाले उनको फुर्सदको समय सदुपयोग गर्दै फिल्मले प्रचार प्रसार थालेको हो । कारगील युद्धको पृष्ठभूमिमा बनेको फिल्मले सिपाहीको देश र परिवार प्रेमको कथालाई प्रस्तुत गरेको छ ।

Most Visited News (monthly)