Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 17641 - 17646 of 24017
फिल्मीखबर, काठमाण्डौ, 2014-06-17, मंगलवार

जातीय छुवाछुत प्रथामाथि अर्को एक नयाँ फिल्म निर्माण हुने भएको छ । ‘धौली’ नाम दिएर घनश्याम लामिछानेले यो विषयमाथि फिल्म निर्देशन गर्ने भएका हुन् । उनले यो फिल्मलाई सामाजिक फिल्मको संज्ञा दिए ।  

फिल्मीखबर, काठमाण्डौ, 2014-06-17, मंगलवार

असार २७ गते रिलिज हुन लागेको गोबिन्द राई निर्देशित फिल्म 'नागबेली'को म्यूजिकल प्रोमो रिलिज गरिएको छ । अभिनेत्री हर्षिका श्रेष्ठले डिस्कोमा आफ्नो नागबेली चालमा जवानीको जल्वा प्रस्तुत गरेकी छिन् । उनलाई अभिनेता विक्की मल्लले साथ दिएका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2014-06-16, सोमवार

फिल्मको व्यापार, प्रस्तुती र प्रतिक्रिया आफ्नो ठाउँमा छ । प्रदर्शनरत फिल्म ‘मुखौटा’ बाट अभिनेता सौगात मल्लले भने थप चर्चा तथा प्रशंसा पाउन सफल भएका छन् । ‘मुखौटा’ मा यदि कुनै कलाकारको अभिनयको चर्चा हुन्छ भने त्यो कलाकार सौगात मल्ल हुन् ।

फिल्मीखबर, काठमाण्डौ, 2014-06-16, सोमवार

असार १६ गते सोमबार साँझ राष्ट्रपति भवन शितल निवासमा चलचित्र विकास वोर्डले आयोजना गर्ने राष्ट्रिय चलचित्र अवार्ड हुने भएको छ । लामो समयको पर्खाइपछि यो अवार्डको मिति टुँगो लागेको हो ।

फिल्मीखबर, काठमाण्डौ, 2014-06-16, सोमवार

ओम प्रतिक निर्देशित फिल्म ‘यो कथा तिम्रो मेरो’ को पहिलो प्रोमो सार्वजनिक भएको छ । पूर्ण प्रेमको यो फिल्म आउँदो १३ गते अल नेपाल प्रदर्शनमा आउँदैछ । यो फिल्ममा समावेश गीत दुई गीतहरु केही समय पहिल्यै सार्वजनिक भैसकेको छन् । 

फिल्मीखबर, काठमाण्डौ, 2014-06-16, सोमवार
फिल्म ‘मिसन फोर ट्वान्टी’ सानो क्यानभासमा सुन्दर बनेको निर्देशक दयाराम दाहालले बताएका छन् । समाजमा जारी नारी हिंसा र शोषणको घटनाको प्रतिनिधि घटनालाई फिल्ममा समावेश गरिएको निर्देशक दाहालले बताए । 
 
Results : 17641 - 17646 of 24017