Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बुसानमा छनोट भयो `सुन्तली`

फिल्मीखबर, काठमाडौं, 2014/08/12

भाष्कर ढुंगानाले निर्देशन गरेको फिल्म ‘सुन्तली’ साउथ कोरियाको बुसान फिल्म फेस्टिभलमा छनोट भएको छ । फिल्म निर्देशक भाष्करले एक अनलाइनसँगको कुराकानीमा फिल्म अप्रतिस्पर्धी विधा ‘ अ विन्डो अन एसिएन सिनेमा’ शीर्षकमा छनोट भएको बताएका छन् । भाष्करले पत्रकार सम्मेलन गर्दै बाँकी जानकारी सार्वजनिक गर्ने सो अनलाइनसँगको कुराकानीमा बताएका छन् ।



प्रियंका कार्कीको शीर्ष भूमिका रहेको फिल्ममा कर्मा, अर्पण थापा, सूर्यमाला शर्मा, राजकुमार पुडासैनी, प्रमोद अग्रहरी आदिको अभिनय रहेको छ ।  क्यएफएक्स चेनका संचालक मध्येका एक भाष्कर ढुंगानाले यसअघि छोटो फिल्म बनाएका थिए जुन लघु फिल्म देखाउने फिल्म फेस्टिभल ‘एकादेशमा’मा देखाइएको थियो । भाष्करकोे फिचर फिल्म भने पहिलो हो । बुसान फिल्म फेस्टिभलकोको यो उन्नाइसौं संस्करण हो ।

Most Visited News (monthly)