र्यापर आशिष रानाको स्वर तथा शब्द रहेको फिल्म ‘ताण्डव’मा समावेश ‘युद्ध’ बोलको र्याप गीत सार्वजनिक भएको छ । भाद्र ६ गतेबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको यो फिल्ममा नम्रता श्रेष्ठ र आशिष रानाको मुख्य भूमिका छ । मोहन डोटेलको निर्माणमा तयार भएको यो फिल्मलाई वेलायती नागरिक मुर्रे केरले निर्देशन गरेका हुन् ।

