
प्रेमले वर्ग, पेशा, धर्म अनि उमेर हेर्दैन । यस्तै प्रेममा परेका छन्, ‘पुन्टे परेड’ संयम पुरी । प्लस टु पढ्दै गरेका संयम आफ्नै कलेजकी म्याडमसँग चर्को प्रेममा छन् ।

प्रशान्त तामाङको प्रमुख अभिनय रहेको फिल्म ‘निशानी’ आउँदो भदौ २७ गते अल नेपाल प्रदर्शनमा आउने भएको छ । प्रेसमिट गर्दै यो फिल्मको प्रदर्शन मिति सार्वजनिक गरियो ।

‘प्रेमीले कुटेपछि रुदै नाचिन् सुष्मा’ भन्ने खबरको अभिनेत्री सुष्मा कार्की र उनका प्रेमी निरनले खण्डन गरेकी छिन् । नघटेको घटनालाई गलत रुपले मिडियामा प्रचार भएपछि यसले आफुलाई दुः खी बनाएको सुष्मा र निरनले फिल्मीखबरलाई बताए ।

फिल्म ‘श्री ५ अम्बरे’ मा गायक शिव परियारले आफ्नो स्वर रेकर्ड गराएका छन् । बिहिबार मध्यान्ह जमलस्थित डोरेमी स्टुडियोमा शिवले यो फिल्मको लागि आफ्नो स्वर रेकर्ड गराएका हुन् ।

खासमा भन्नु पर्दा ‘इगो’ ले मलाई फिल्म निर्देशक बनायो । म सुरज सुब्बालाई धन्यावाद दिन चाहन्छु जसले ममा ‘इगो’ भरिदिनु भयो र म फिल्म निर्देशक बन्न सफल भएँ ।’

‘पान पराग’ उप नामले चिनिने वितरक गोपाल कायस्थ फिल्म निर्माणमा उत्रिएका छन् । निर्देशक सविर श्रेष्ठलाई लिएर वितरक कायस्थले ‘लुटेरा’ नामक फिल्म निर्माणमा जुटेका हुन् ।

