Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 17617 - 17622 of 24017
फिल्मीखबर, काठमाडौं, 2014-06-22, आईतवार

फिल्म ‘शीशा’ प्रोमो सार्वजनिक भएको छ । सार्वजनिक प्रोमोमा जिवन लुईंटेल आफू निर्दोष रहेको प्रमाणित गराउन लागि परेको देखाईएको छ । आउँदो साउन २३ गते प्रदर्शनमा आउने फिल्मलाई ‘शीशा’लाई आरविके शरदले निर्देशन गरेका हुन् ।

फिल्मीखबर, काठमाडौँ, 2014-06-22, आईतवार

२ महिना अगाडिदेखि पोष्ट प्रोडक्सनको काम सकेर बसेको फिल्म ‘सरी ल’आउँदो कार्तिक २१ देशव्यापी प्रदर्शनमा आउने भएको छ । ऋषि लामिछाने निर्देशित यो फिल्म फेसबुक क्राइम र मानवीयसम्बन्धले ल्याउने परिणामको विषयमाथि केन्द्रित छ ।

फिल्मीखबर, काठमाडौं,, 2014-06-22, आईतवार

डायमण्ड शम्शेरको ‘सेतो बाघ’ माथि निर्माण भैरहेको फिल्म ‘सेता बाघ’ अष्टेलियामा प्रिमियार हुने भएको छ । निर शाहको निर्माण एवं निर्देशन रहेको ‘सेतो बाघ’लाई एनआरएनकम्पनीले अष्ट्रेलियामा प्रिमियरको जिम्मा लिएको हो ।

फिल्मीखबर, काठमाडौं, 2014-06-22, आईतवार

निर्माता हरी महतलाई मातृ शोक परेको छ । गत शुक्रबार निर्माता महतकी आमाको निधन भएको हो । लामो समयदेखि महतकी आमाको स्वाथ्य अवस्था गम्भिर थियो ।
निर्माता हरी महत यतिबेला आमाको तेह्र दिने जुठो बार्न थानकोट घरमा छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2014-06-22, आईतवार

अर्पण थापा निर्देशित फिल्म 'मुखौटा' को सिक्वेल निर्माणको घोषणा गरिएको छ । निर्माता रबिन श्रेष्ठले छिट्टै पनि 'मुखौटा २'को निर्माण कार्य शुरू गर्ने बताए ।

फिल्मीखबर, काठमाण्डौ, 2014-06-20, शुक्रवार

बिना पूर्व चर्चा ‘नाई नभन्नु ल ’अभिनेत्री ऋचा सिंह ठकुरीले शुक्रबार एक औपचारिक समारोहका बीच विवाह गरेकी छिन् । करिब एक दर्जन नेपाली फिल्ममा अभिनय गरेकी ऋचाले बिराटनगर जनपथ टोल निवासी गजेन्द्रराज थापासँग मागी विवाह गरेकी हुन् । 

Results : 17617 - 17622 of 24017