Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 17599 - 17604 of 24017
फिल्मीखबर, काठमाण्डौ, 2014-06-25, बुधवार

हङकङमा आयोजना हुने भनिएको ७ औं संस्करणको नेफ्टा अवार्डको उत्कृष्ट पाँच प्रतिस्पर्धीको मनोनयन सार्वजनिक गरिएको छ । नेपाल चलचित्र प्राविधिक संघले पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरि विभिन्न ३१ विधाका उत्कृष्ट पाँच प्रतिस्पर्धीको नाम सार्वजनिक गरेको हो ।

फिल्मीखबर, काठमाण्डौ, 2014-06-25, बुधवार

रमेश त्वायना निर्मित फिल्म ‘आधी बाटो’ प्रदर्शन पश्चात् अभिनेत्री जेनिशा केसीको दिन फिर्ने अड्कल गरिएको थियो । यो फिल्मको व्यापार नै ‘वम्पर’ नभएपछि कलाकार चल्ने त कुरै भएन । जेनिसाको हकमा पनि यस्तै भयो ।

फिल्मीखबर, काठमाण्डौ, 2014-06-25, बुधवार

अभिनेता श्रीकृष्ण श्रेष्ठ र अभिनेत्री श्वेता खड्काको बिहेको खरबले यतिबेला फिल्म ‘कोहिनूर’ चर्चामा छ । साउन २३ गते देशभरका हलबाट प्रदर्शनमा आउने यो फिल्मले दर्शकलाई हलसम्म तान्ने अड्कल छ । फिल्मलाई आकाश अधिकारीले निर्देशन गरेका हुन् ।

रेम बिक, पोखरा, 2014-06-24, मंगलवार

‘मैले बनाएका र निर्देशन गरेका सबै फिल्महरु विवादित नै भएका छन् । खोई किन हो यस्तो भैरहँदा म ‘विवादित मेकर्स प्लस डाईरेक्टर’ त होईन ? भन्ने लाग्छ,’ फिल्मको बारेमा विभिन्न किस्सा सुनाउँदै उनले भने । 

फिल्मीखबर, काठमाण्डौ, 2014-06-24, मंगलवार

गत बर्षको सुपरहिट फिल्म 'होस्टल'का निर्देशक हेमराज बिसीले निर्देशन गरेको फिल्म 'जिन्दाबाद'को नाम परिवर्तन गरिएको छ । राजनैतीक नाम सुनिएको हुनाले 'जिन्दाबाद'लाई परिवर्तन गरेर 'सम्बोधन' राखिएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2014-06-24, मंगलवार
फिल्म ‘यो कथा हो तिम्रो मेरो'लाई निर्देशक ओम प्रतिकले पारिवारिक रोमान्टिक फिल्म भनेका छन् । मंगलबार राजधानीमा फिल्मको अडियो विमोचनमा बोल्दै निर्देशक प्रतिकले प्रेममा हुने हार जीतको कथा फिल्मको मुख्य सार रहेको बताए ।
 
Results : 17599 - 17604 of 24017