गीतका कारण चर्चामा रहेको फिल्म ‘स्टुपिड मन’को टे«लर सार्वजनिक भएको छ । सार्वजनिक टे«लरमा प्रेम र एक्सनका दृश्यलाई प्राथमिकता दिइएको छ ।
थाईल्याण्डमा सुटिङ गरेको फिल्मलाई अभिनेता निरज बराल र विवेक शाही मिलेर निर्माण गरेका हुन् । निर्माणसँगै निरजले फिल्ममा अभिनय पनि गरेका छन् । फिल्ममा निरजसँगै जीवन लुईंटेल, चाँदनी शर्मा, रिजु श्रेष्ठ, मार्टिन खान, बसन्त अधिकारी आदिको पनि अभिनय रहेको छ ।
दिवाकर भट्टराईको निर्देशन रहेको फिल्मलाई सामीप्य राज तिमल्सेनाले लेखेका हुन् । फिल्ममा अर्जुन पोखरेल र करणराज कार्कीको संगीत रहेको छ भने फिल्मको छायांकन सन्जय लामाले गरेका छन् । दीर्घ खड्काको सम्पादन रहेको फिल्मा अष्ट महर्जनको द्धन्द्ध रहेको छ । प्रेमकथा श्रेणीको सिनेमा भदौ २० देखि देशभर प्रदर्शन हुँदैछ ।

